कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त « Khabarhub

कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशमा सरकारी तथा निजी १९ वटा भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । यही भदौ २४ गते जेन-जी पुस्ताको प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट प्रदेशका १९ संरचनामा क्षति पुगेको थियो । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार कर्णाली प्रदेशसभा, नापी कार्यालय, प्रदेश कोष तथा नियन्त्रण कार्यालय, मुख्यमन्त्री निवास, वीरेन्द्रनगर नगरपालिका–२, ३, ६ र ११ नं वडा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उनकै भाइ डम्बर खड्का, मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनालको घर पनि पूर्ण रूपले क्षतिग्रस्त भएको उनले जानकारी दिए । 

त्यस्तै, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यालय पनि पूर्ण रूपमा क्षति भएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताए।

उनका अनुसार जुम्लामा भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालयमा क्षति पुगेको छ । प्रदेशभरि १९ वटा भौतिक संरचना पूर्ण रूपले क्षति भएका छन् भने १५ वटामा आंशिक र पाँ वटामा सामान्य क्षति पुगेको छ । 

ठूला गाडी १४, मोटरसाइकल १२ र एउटा ट्याम्पुमा क्षति पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ । आर्थिक क्षतिको विवरण प्राप्त गर्न केही समय लाग्ने जनाउँदै प्रहरी नायब महानिरीक्षक श्रेष्ठले प्रदर्शनका क्रममा १३ सर्वसाधारण र तीन प्रहरी गरी १६ जना घाइते भएका उल्लेख गरे । 

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  २ : १७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको