कुलमान पुगे जेन–जी आन्दोलनका शहीद महर्जनको घर « Khabarhub

कुलमान पुगे जेन–जी आन्दोलनका शहीद महर्जनको घर


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेन–जी आन्दोलनका शहीद विनोद महर्जनको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । 

बुधबार पाटनस्थीत घरमा पुगेर मन्त्री घिसिङले महर्जनप्रति श्रद्धाञ्जलीका साथै परिवारजनप्रति समवेदना व्यक्त गर्दै परिवारजनसँग छलफल गरेका हुन् । 

सो क्रममा महर्जनको परिवारले देशलाई परिवर्तन गर्न युवाहरूले दिएको बलिदानलाई कदर गर्दै अघि बढ्न मन्त्री घिसिङसमक्ष आग्रह गरेका थिए । 

साथै उनीहरूले शहीद परिवारलाई राज्यले उचित सहयोग गर्नुपर्ने बताएका थिए । मन्त्री घिसिङले युवाहरूका आकांक्षा अनुसार सरकार अघि बढ्ने प्रतिबद्धता जनाए । 

देशलाई ठूलो परिवर्तनको आवश्यकता देखिएको उल्लेख गर्दै मन्त्री घिसिङले त्यसका लागि वर्तमान सरकार गम्भीर भएर लाग्ने धारणा राखे ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ४ : ४३ बजे

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६