गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु « Khabarhub

गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण संरक्षणमा लाग्ने व्यक्तिहरू हत्या भएका छन् । मानव अधिकार संरक्षण संस्था ‘ग्लोबल विटनेस’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, तीमध्ये करिब एक तिहाइ घटना कोलम्बियामा भएका छन् ।

यो सङ्ख्या सन् २०२३ को १९६ भन्दा कम भए पनि, यसले रक्षकहरूको अवस्था सुधारिएको भन्ने सङ्केत नदिने गरी धेरै देशमा यस्ता घटनाहरू पूर्ण रूपमा रिपोर्ट नहुने समस्या रहेको संस्थाले जनाएको छ ।

प्रतिवेदनमा ल्याटिन अमेरिका क्षेत्रमा सबैभन्दा बढी यस्ता घटना भएका उल्लेख भएको र कोलम्बिया वातावरणीय रक्षकहरूको लागि विश्वकै सबैभन्दा संवेदनशील क्षेत्र बनेको छ ।

यी रक्षकहरूमा साना किसान, आदिवासी समुदायका सदस्य, पत्रकार, कानुन व्यवसायी, वन रक्षक लगायत भूमिको संरक्षणमा काम गर्ने विभिन्न व्यक्ति पर्छन् ।

कोलम्बियामा सन् २०२४ मा ४८ जना रक्षकको मृत्यु भएको थियो, जुन अघिल्लो वर्षको ७९ भन्दा कम हो । रिपोर्टले ड्रगस कारोबारदेखि अवैध खानीसम्मका क्रियाकलापहरूले जैविक विविधता सम्पन्न क्षेत्रहरूमा असर पुर्‍याएको उल्लेख गरेको छ ।

ग्वाटेमालामा २०, मेक्सिकोमा १९, ब्राजिलमा १२ र फिलिपिन्समा ८ जना रक्षकको मृत्यु वा बेपत्ता हुने घटना भएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ५ : ११ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको