गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु « Khabarhub

गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण संरक्षणमा लाग्ने व्यक्तिहरू हत्या भएका छन् । मानव अधिकार संरक्षण संस्था ‘ग्लोबल विटनेस’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, तीमध्ये करिब एक तिहाइ घटना कोलम्बियामा भएका छन् ।

यो सङ्ख्या सन् २०२३ को १९६ भन्दा कम भए पनि, यसले रक्षकहरूको अवस्था सुधारिएको भन्ने सङ्केत नदिने गरी धेरै देशमा यस्ता घटनाहरू पूर्ण रूपमा रिपोर्ट नहुने समस्या रहेको संस्थाले जनाएको छ ।

प्रतिवेदनमा ल्याटिन अमेरिका क्षेत्रमा सबैभन्दा बढी यस्ता घटना भएका उल्लेख भएको र कोलम्बिया वातावरणीय रक्षकहरूको लागि विश्वकै सबैभन्दा संवेदनशील क्षेत्र बनेको छ ।

यी रक्षकहरूमा साना किसान, आदिवासी समुदायका सदस्य, पत्रकार, कानुन व्यवसायी, वन रक्षक लगायत भूमिको संरक्षणमा काम गर्ने विभिन्न व्यक्ति पर्छन् ।

कोलम्बियामा सन् २०२४ मा ४८ जना रक्षकको मृत्यु भएको थियो, जुन अघिल्लो वर्षको ७९ भन्दा कम हो । रिपोर्टले ड्रगस कारोबारदेखि अवैध खानीसम्मका क्रियाकलापहरूले जैविक विविधता सम्पन्न क्षेत्रहरूमा असर पुर्‍याएको उल्लेख गरेको छ ।

ग्वाटेमालामा २०, मेक्सिकोमा १९, ब्राजिलमा १२ र फिलिपिन्समा ८ जना रक्षकको मृत्यु वा बेपत्ता हुने घटना भएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ५ : ११ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको