जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा « Khabarhub

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके राउतको राजीनामा माग गरेका छन् ।

जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित आधा दर्जन नेताले उनको अध्यक्ष राउतको राजीनामा माग गरेका हुन् ।

अध्यक्ष डा. राउतलाई पत्र लेखेर २४ घण्टाभित्र राजीनामा दिन उनीहरूले माग गरेका छन् ।

पछिल्लो समय पार्टीको शीर्ष नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै उनीहरूले राजीनामा माग गरेको पत्रमा उल्लेख छ ।

‘यस परिस्थितिमा पार्टीको समग्र हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुग्दै हामी निम्न हस्ताक्षरकर्ताहरू पार्टीका जिम्मेवार पदाधिकारीहरूको हैसियतले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत) ज्यू र सङ्गठन विभाग प्रमुख डा. जयकान्त राउतज्यूले २४ घण्टाभित्र आफ्नो पदबाट स्वैच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौँ’, पत्रमा भनिएको छ ।

राजीनामा माग्नेहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा सरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय अध्यक्ष संजयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका केन्द्रीय संयोजक सिके सिंह, सुदूरपश्चिमका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बम रहेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ५ : ५० बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको