कर्णालीका मुख्यमन्त्री भन्छन्- प्रतिगामीहरू गणतन्त्र उल्ट्याउन खोज्दैछन, सचेत बनौँ « Khabarhub

कर्णालीका मुख्यमन्त्री भन्छन्- प्रतिगामीहरू गणतन्त्र उल्ट्याउन खोज्दैछन, सचेत बनौँ


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरू उल्ट्याउन लागिरहेकोले नागरिक सचेत हुनु पर्ने बताएका छन।

अहिलेको राजनीतिक परिस्थिति खतरनाक मोडतर्फ गएको भन्दै सबै नागरिकस्तरबाटै सचेत हुनुपर्नेमा मुख्यमन्त्री कडेलले जोड दिएका हुन् ।

वीरेन्द्रनगरमा नेकपा एमाले नगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संविधान अहिले अर्धमृत जस्तै अवस्थामा पुगेको दाबी गरे ।

‘सात दशकको त्याग, बलिदान र संघर्षपछि ल्याइएको संविधान आज धरापमा परेको छ । यसलाई जोगाउन सम्पूर्ण नागरिक सचेत हुन जरुरी छ,’ उनले भने ।

कँडेलले सरकारले बेलैमा कानुनी संरचना परिवर्तन नगरेको र संवैधानिक व्यवस्थाहरू कार्यान्वयनमा कमजोर देखिएको कारण आजको अवस्था आएको टिप्पणी गरे ।

चुच्चे नक्साको विषय उठाउँदा नेकपा एमालेको ढालिएको हो उनको भनाइ थियो । मुख्यमन्त्री कँडेलले पार्टी कार्यकर्तालाई जनस्तरसँग अझ मजबुत सम्बन्ध बनाउन, विश्वास जगाउन र संगठनलाई बलियो बनाउन आह्वान गरे ।

उनले भने, ‘व्यक्तिगत कुरा भन्दा पनि परिस्थिति बुझेर दायित्व पूरा गर्नुपर्छ । अभिलेख र रेकर्ड जिल्ला पार्टी कार्यालयमा उपलब्ध गराउनुपर्छ । सबै वडामा बैठक, भेलामार्फत संगठनलाई सुदृढ पार्नुपर्छ ।’

उनले संविधान दिवसलाई विशेष अर्थका साथ मनाउनुपर्ने भन्दै आवश्यक परे सडक आन्दोलनको तयारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

युवालाई आन्दोलनमा अगाडि ल्याउन र महिलाको सहभागिता बढाउन सकेमात्र जनमत परिवर्तनमा निर्णायक सफलता हासिल गर्न सकिने उनको विश्वास थियो ।

‘७० वर्षको संघर्षबाट ल्याइएको गणतन्त्र जोगाउन संगठनात्मक शक्ति, जनविश्वास र निरन्तर अभियान अपरिहार्य छ,’ मुख्यमन्त्री कँडेलले जोड दिए ।

बैठकमा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, जिल्ला कमिटी अध्यक्षसहित विभिन्न नेताहरू सहभागी थिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका १ देखि १२ वटै वडाका अध्यक्षहरूले आ–आफ्नो वडाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ६ : ३१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको