विश्वकप छनोटको ट्रफीका लागि अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल « Khabarhub

विश्वकप छनोटको ट्रफीका लागि अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

जापानसँग ओमान पराजित भए खेल अगाडि नै नेपालले उपाधि उचाल्ने छ


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको नेपालले आज छनोटको ट्रफीका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।

दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक पुगिसेको छ ।

नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी ओमालाई ३८ रनले हराएपछि नेपालको उपाधिको सम्भावना बलियो बनेको हो ।

नेपाल सुपर सिक्समा ८ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो र तेस्रो स्थास्थानमा रहेका यूएई र ओमानको ६–६ अंक रहेको छ । यूएईले अब कुनै खेल खेल्न बाँकी छैन भने ओमानले आजै अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ ।

यूएईविरुद्ध एक रनको जितपछि नेपालको खुशी । तस्बिरः क्यान

नेपालले अब शुक्रबार सामोआलाई हराएमा अपराजित रहँदै छनोटको उपाधि चुम्नेछ । सुपर सिक्सबाट नेपालसँगै ओमान र यूएई विश्वकपमा पुगिसकेका छन् । नेपाल र ओमान दुई खेल अगाडि नै विश्वकप पुगेका हुन् । छनोट चरणको सुपरसिक्सबाट जापान, कतार र सामाओ भने बाहिरिसकेका छन्।

आजको खेल नेपालका लागि फाइनल बराबर हो । नेपाल ८ अंकसहित शीर्ष स्थानमा छ भने सामाओ अंकबिहीन पुछारमा छ । ओमानलाई हराएसँगै विश्वकप खेल्ने सपना पूरा भएको बताएका नेपालका कप्तान रोहित पौडेलले अबको सपना उपाधि उचाल्ने रहेको बताएका छन् । तेस्रो पटक विश्वकपमा छनोट भएको नेपालले छनोटको उपाधि पहिलो पटक उचाल्न लागेको हो।

उपाधिका लागि शुक्रबार दिउँसो ४:१५ बजे नेपालले ओमानको मैदानमा सामाओसँग प्रतिस्पर्धा गर्नेछ ।

फाइल तस्बिर क्यान

नेपालले सामाओलाई हराएमा अपराजित रहँदै १० अंक जोडेर उपाधि उचाल्ने छ । नेपाल पराजित भएर ओमानले जापानलाई हराए रनरेटका आधारमा शीर्ष स्थानमा रहेको टिमले उपाधि उचाल्ने छ । ओमान जापानसँग पराजित भए सामाओसँगको खेलको नतिजा अगाडि नै नेपालले उपाधि उचाल्ने छ । जापान र ओमानको खेल आजै बिहान ११ : ४५ बजे सुरु हुँदैछ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ०४ बजे

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया

देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ नवलपुरको देवचुली क्षेत्रमा पुगेका छन्। त्यहाँ

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको