एक सय जनामा क्षयरोग सङ्क्रमण « Khabarhub

एक सय जनामा क्षयरोग सङ्क्रमण


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१-८२ देखि चालु आव २०८२-८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । 

कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१-८२ मा ६५ पुरुष र ३०  महिलामा क्षयरोग पाइएको थियो । चालु आवको हालसम्म तीन पुरुष र दुई महिलामा क्षयरोग सङ्क्रमण पुष्टि भएको उनले बताए।

गत आवमा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा ४० जनामा क्षयरोग सङ्क्रमण भएको पाइएको थियो । चिश्खुगढी गाउँपालिकामा एक जनामा, सुनकोशी गाउँपालिकामा १५, खिजीदेम्बामा १४, मानेभञ्ज्याङमा १३, चम्पादेवीमा ६, लिखुमा चार र मोलुङ गाउँपालिकामा दुई जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी पोखरेलले बताए।

चालु आव २०८२-८३ मा खिजीदेम्बा र चम्पादेवी गाउँपालिकाका दुई–दुई जना तथा सुनकोशी गाउँपालिकाका एक जनामा क्षयरोग सङ्क्रमण देखिएको छ ।  नियमित रुघाखोकी लागिरहनु, खकारमा रगत आउनु, साँझपख ज्वरो आउनु, राति अत्यधिक पसिना आउनु, तौल घट्दै जानु र खाना खान मन नलाग्नु क्षयरोगका प्रमुख लक्षण हुन् । स्वास्थ्य कार्यालयले यस्ता लक्षण देखिने व्यक्तिलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी निःशुल्क परीक्षण र उपचार सेवा लिन आग्रह गरेको छ । 

पछिल्लो समय कार्यालयले समुदायस्तरमा क्षयरोग नियन्त्रणका लागि निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको सूचना अधिकारी पोखरेलले बताए। जिल्लाभर सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सचेतना र जाँच तथा उपचार सेवाको पहल गर्न स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ । 
 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ८ : ०४ बजे

विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत– जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको

तनहुँमा अस्थायी मतदाता नामावली स्वीकृत

तनहुँ– जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा

आम्दानीको स्रोत अटोरिक्सा : मासिक ४० हजार रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्न