बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान « Khabarhub

बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडमा कलाकारहरूबीचको पारिश्रमिक असमानता लामो समयदेखि बहसको विषय बनेको छ। यसैबीच सुपरस्टार आमिर खानको अन्तर्वार्ता  चर्चामा आएको छ, जसमा उनले स्पष्ट रूपमा बताएका छन् कि  फिल्म उद्योगमा तलब लिङ्गको आधारमा होइन, पपुल्यारिटी  र दर्शक तान्ने क्षमताको आधारमा निर्धारण हुन्छ।

एनडीटीभीसँगको अन्तर्वार्तामा आमिर खानले स्पष्ट पार्दै भने, ‘फिल्ममा नायिकाहरू निकै मेहनत गर्छन् साथै  क्यामराम्यान, लाइट बोय लगायत सबैले मेहनत गर्छन्। तर हामी सबैको तलब बराबर हुँदैन। यसको कारण हाम्रो पेसा होइन , तर बजारमा तपाइको कति पपुल्यारिटी छ र फिल्मलाई कति नाफा दिलाउन सक्नुहुन्छ भन्ने आधारमा तलब निर्धारण गर्छ। यदि मैले  १० रुपैयाँ पारिश्रमिक पाउँछु भने त्यो मेरो आम्दानी ल्याउन सक्ने क्षमता अनुसार हो। रानी मुखर्जीले बढी दर्शक तानेको खण्डमा, उनलाई बढी तलब पाउनु  स्वाभाविक हो ।’

आमिरको यो भनाइले बलिउडमा पारिश्रमिक असमानताको बहसलाई नयाँ दृष्टिकोण दिएको छ। उनले यस अन्तर्वार्तामा स्पष्ट पारेका छन् कि फिल्म उद्योगमा कसैको पारिश्रमिक लिङ्गको आधारमा होइन, दर्शक तान्ने क्षमता र फिल्मको आम्दानीमा योगदानको आधारमा निर्धारण हुन्छ।

यसरी आमिर खानले पारिश्रमिक असमानताको विवादलाई ‘बजार मूल्य र कामको परिणाम’ को परिप्रेक्ष्यमा व्याख्या गरेका छन्, जसले दर्शक र उद्योग दुवैको लागि सोच्न लायक विषय प्रस्तुत गरेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ८ : ३३ बजे

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने