सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको मूल्य आज ७ हजार १ सय रुपैयाँले बढेको हो ।  

आज सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

हिजो प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँको वृद्धिका साथ ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ११ : २० बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार