जेन-जी आन्दोलनका क्रममा नेतासहित ६१ भीआईपीको गरेको थियो सेनाले उद्धार « Khabarhub

जेन-जी आन्दोलनका क्रममा नेतासहित ६१ भीआईपीको गरेको थियो सेनाले उद्धार

देशको अवस्था सामान्य बनाउन मुख्य चार काम गरेको दाबी


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलन विस्फोटक मोडमा पुगेका नेपाली सेनाले हेलिकप्टरबाट नेतासहितका ६१ जना भीआईपीको उद्धार गरेको जनाएको छ ।

नेपाली सेनाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भदौ २४ गते मन्त्रीहरूको सरकारी निवास भैंसेपाटी, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतल निवाससहितका स्थानबाट ६१ जना विशिष्ठ व्यक्ति र तिनका परिवारको उद्धार गरिएको जनाएको छ ।

सेनाले भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा खटिएका र विभिन्न चौकीमा आक्रमणपछि ज्यान जोखिममा परेका २३ जना प्रहरीको पनि हेलिकप्टरबाट उद्धार गरिएको जानकारी सहायक रथी राजाराम बस्नेतले दिएका हुन् ।

सेनाका मुख्य चार काम

सेनाले भदौ २४ गते राति १० बजे सडकमा निस्किएपछि मुख्य चार काम गरेको जनाएको छ। जसमा तोडफोड र आगजनी ६ देखि ८ घण्टामा नियन्त्रण गरेको दाबी सेनाको छ ।

चार काम

आगजनी, तोडफोड र अराजक गतिविधि लाई ६ देखि ८ घण्टाको तैनाथीमा नियन्त्रण ।

अति विशिष्ट तथा विशिष्ट व्यक्ति र परिवारहरुको सकुशल उद्धार ।

अत्यावश्यक सेवा तथा बस्तुहरुको प्रवाहमा महत्त्वपूर्ण योगदान तथा सहयोग ।

राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थमन्त्रालयको डाटा सेन्टरको आगजनीबाट सुरक्षा

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : १२ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने