मलेसियामा अपराध बढ्यो « Khabarhub

मलेसियामा अपराध बढ्यो


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसियामा सन् २०२४ को वर्षभरि ५८ हजार दुई सय ५५ आपराधिक घटना दर्ता भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ११ दशमलव १ प्रतिशतले बढी हो ।

मलेसियाको तथ्याङ्क विभागले बिहीबार जारी गरेको प्रतिवेदनअनुसार अपराध दर वृद्धिको मुख्य कारण सम्पत्ति सम्बन्धी अपराधहरू हुन् । यसमा चोरी, डकैती, लुटपाटजस्ता घटना पर्दछन् ।

यी अपराधहरू १२ दशमलव ४ प्रतिशतले वृद्धि भई ४७ हजार १ सय ८८ घटनामा पुगेका छन् । यद्यपि समग्र अपराध दरमा वृद्धि देखिएको भए पनि, हत्या सम्बन्धी घटनामा भने कमी आएको छ ।

जानीबुझी गरिने हत्याका घटना ९ दशमलव ५ प्रतिशतले घटेर २ सय ३७ मा सीमित भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : १२ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको