तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु « Khabarhub

तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनाङको तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीय स्थल तिलिसो बेस क्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा आएको हो ।

तिलिचोमा फोरजी सेवा सञ्चालनमा आएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तिलिचोमा रहेका टेलिकमका फिल्ड इन्जिनियर निरज गुप्तासँग भिडियोकलमार्फत कुराकानी गर्दै प्रसिद्ध पर्यटकीय क्षेत्र तिलिचोमा फोरजी सेवा सञ्चालनमा आएकोमा खुशी व्यक्त गरे । 

उनले तिलिचो आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन गराउन सफल भएकोमा टेलिकम र जनप्रतिनिधि र स्थानीयलाई धन्यवाद ज्ञापन गरे  । 

मन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेदेखि नै दुर्गम क्षेत्रहरूमा टेलिकमको पहुँच पुर्‍याउनुपर्छ भनेर काम अगाडि बढाएको र त्यसको चरणबद्ध परिणाम आउन थालेको बताए  । 

उनले भने,’सरकारले दुर्गम क्षेत्रहरूमा भ्वाईस र डेटा पुर्‍याउने लक्ष्य लिएको छ, आज तिलिचो आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन हुँदा त्यहाँ जाने पर्यटक र स्थानीयलाई सहयोग पुग्ने छ । टेलिफोन र इन्टरनेट नपुगेका देशका दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि लागिपरेका छौँ ।’

 टेलिकमले तिलिचो बेसक्याम्पमा नयाँ बीटीएस स्थापना गरी फोरजी सेवा सञ्चालनमा ल्याएको हो । नेपालको पदयात्राका लागि प्रसिद्ध स्थलहरूमध्ये करिब ४३५० मिटरको उचाइमा तिलिचोताल जाने रुटमा टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

यसैगरी दोलखाको रोल्वालिङ उपत्यकामा पर्ने च्छो-रोल्पा ट्रेकिङ रुटको अन्तिम अनि ठूलो बस्ती नागाउँमा यही आश्विन २८ गतेदेखि भी-एसएटी प्रविधी मार्फत नेपाल टेलिकमको भ्वाइस सेवा सुचारु भएको छ । 

४१९० मिटरको उचाइमा रहेको यस साइटबाट च्छो-रोल्पा रुटको बेदिङ-ना रुट, नागाउँ, च्छो-रोल्पा, दूध-कुण्ड, यालुङ बेसक्याम्प, टासी-लेप्चा पास बेसक्याम्पसमेतका भागहरुमा बसोबास गर्ने स्थानीय बासिन्दा तथा  पर्यटकहरूलाई सञ्चार सम्पर्क र आपत्कालीन समयमा उद्धार कार्यहरूका लागि उपयोगी हुने टेलिकमको अपेक्षा छ।
 
   

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ५७ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ