हल भिजिटमा पुगेका अनमोललाई प्रश्न : ‘जेरी अन टप’को पहिलो दिनको व्यापार करोड कट्छ ? « Khabarhub

हल भिजिटमा पुगेका अनमोललाई प्रश्न : ‘जेरी अन टप’को पहिलो दिनको व्यापार करोड कट्छ ?


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले पहिलो दिन आशाजनक व्यापार गरेको छ ।

फिल्मका शीर्ष कलाकारहरु अनमोल, नायिका जसिता गुरुङ र आँचल शर्मा दर्शकसँग प्रत्यक्ष भेटर प्रतिक्रिया लिन हल भिजिटमा पुगेका छन् ।

प्रि बुकिङ नै सन्तोषजनक रहेको यस फिल्मको आजका धेरैजसो शोले उच्च अकुपेन्सी पाएका थिए ।

दर्शकले अनमोललाई फिल्मबारे सकारात्मक प्रतिक्रिया दिएका छन् ।

आजको अकुपेन्सी र दर्शकले प्रतिक्रियाले फिल्मले राम्रो व्यापार गर्नेमा उनी आशावादी देखिन्छन् ।

उनले भने, ‘बुकिङ नै राम्रो थियो । यसले फिल्मले राम्रो व्यापार गर्छ भन्ने हाम्रो विश्वास हो ।

‘पहिलो दिनको व्यापार एक करोड कट्छ ?’ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘राम्रो व्यापार गर्छ । कलेक्सन भनेको नम्बर हो । त्यो त पछि सार्वजनिक भइहाल्छ । मेरा लागि मुख्य कुरा दर्शकको साथ र माया हो ।’

यस फिल्ममा नायक भुवन केसी र केदार घिमिरे ‘माग्ने बूढा’समेत मुख्य भूमिकामा रहेका छन् ।

‘जेरी अन टप’को निर्देशक सुगोग गुरुङ हुन् । अन्नया फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मकफ प्रस्तुतकर्ता सरोज न्यौपाने हुन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ४६ बजे

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण