नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी « Khabarhub

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ ।

निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको असोज मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी असोज ३१ गते जम्मा रु ५३ करोड नौ लाख ५५ हजार २८१ रकम भुक्तानी गरेको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।

उनले भने , “वायुसेवा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असोज मसान्तसम्मको अवधिमा कुल रु आठ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५७ किस्ता रकम भुक्तानी गरिसकेको छ ।”

त्यसैगरी, विश्वव्यापी कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकाले सोे अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई अनुरोधपत्र पठाएको र यस सम्बन्धमा सकारात्मक छलफलसमेत भइरहेको प्रवक्ता डाँगीले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १० : १२ बजे

गगन-विश्वसहित विशेष महाधिवेश पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय