कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण « Khabarhub

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–३ मा रहेको सेतोखोलामा मोटरबल पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय मुस्ताङले २५ मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माण भएपछि सेतोखोलामा जोखिम मोलेर सवारीसाधन वारपार गराउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईँले रु छ करोड ३५ लाख ७९ हजार ६९६ को लागतमा ११ मिटर फराकिलो (आरसिसी) प्रविधिको पुल निर्माण भएको जानकारी दिए । उनका अनुसार २०८० साल असार ११ गते ठेक्का सम्झौता गरेको हिमालयन ताण्डपेश्वर जेभीले निर्धारित समयभन्दा एक महिना अघि पुल निर्माण सकेको हो ।

प्रतिकूल भूगोल र मौसमको बाबजुद समयतालिकाअनुसार मजदुर, उपकरण परिचालन र निर्माण सामग्री परिचालन गरेर निर्धारित समयभित्रै पुल निर्माण गरेको कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले बताए ।

“बर्खामा दिउँसो १२ बजेपछि पानी र हिउँदको चार महिना चिसो हुने लेतेमा सम्झौतालगत्तै चार महिना बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन नहुँदा निर्माण सामग्री ढुवानी गर्न पाएका थिएनौँ”, उनले भने, “मौसमको अनुकूलता हेरेर पनि मजदुर, प्राविधिक, आयोजना कार्यालय, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको साथसहयोगले निर्धारित सयममै पुल बनाउन सफल भयौँ ।”

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकअन्तर्गत २४ मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १३ वटा निर्माण सकिएको छ । थासाङ गाउँपालिकाको कैह्कु र कोवाङ खोलामा थप दुईवटा मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको इञ्जिनियर चापागाईँले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १० : ४६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको