काठमाडौं – आज २०८२ साल मंसिर १ गते सोमबार। मंसिर कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १७ तारिख। अन्तर्राष्ट्रिय विद्यार्थी दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनसक्छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । दाजुभाइ सँगको सहकार्यले फाइदा हुनेछ । शिक्षामा प्रगति हुनेछ । निजी क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ ।
वृष : दिन राम्रो छ । आज तपाईंले बनाएको योजना दीर्घकालीन बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । आफ्ना भनेका साथी विपक्षी कित्तामा पुगेकाले महत्त्वपूर्ण निर्णयमा अवरोध हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।
कर्कट : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमै आम्दानीका विकल्प फेला पर्नेछन् । विपक्षी साथीले सहयोग गर्ने योग छ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ ।
सिंह : दिन राम्रो छ। अचानक आम्दानी हुनेछ । गुमेको सम्पत्ति प्राप्त हुनेछ । प्राविधिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ । काममा तपाईंको बढुवा हुने दिन छ । परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ ।
कन्या : दिन सहज छ । कृषि कर्ममा सफलता मिल्नेछ । फलफूल र दूधको व्यापारमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा नाफा हुनेछ ।
तुला : दिन राम्रो छ । मनमा शान्ति मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । साथी भाइले साथ दिनेछन् । परोपकार गरेमा नाम र दाम दुवै प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृश्चिक : दिन राम्रो छ । तपाईंको बोली बिक्ने छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ । व्यापारमा मिहिनेत गर्नुपर्ने देखिन्छ ।
धनु : दिन राम्रो छ । पुराना साथीसँग भेट हुनेछ । साथीसँगको भेटले नयाँ नयाँ विषयको ज्ञान प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । मन मिल्ने साथीसँग घुम्ने अवसर मिल्ने छ । परिवारको साथ मिल्ने छ ।
मकर : दिन राम्रो छ । परोपकार गर्ने अवसर मिल्नेछ । राजनीतिक संगठनमा तपाईंको प्रस्ताव पारित हुनेछ । परिवारको साथ मिल्नेछ । व्यापारमा संयुक्त लगानीमा गर्नु उचित हुनेछ ।
कुम्भ : दिन सामान्य छ । सानो कुराले मनमा झन्झट बढ्नेछ । धार्मिक क्षेत्रको यात्रा तय हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।
मीन : दिन राम्रो छ । शुभ ग्रहको बहुमत भएकाले दिन सहज बन्नेछ । साना कुराले मनमा खटपटी बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।













प्रतिक्रिया