आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर १ गते सोमबार। मंसिर कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १७ तारिख। अन्तर्राष्ट्रिय विद्यार्थी दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनसक्छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । दाजुभाइ सँगको सहकार्यले फाइदा हुनेछ । शिक्षामा प्रगति हुनेछ । निजी क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ ।

वृष : दिन राम्रो छ । आज तपाईंले बनाएको योजना दीर्घकालीन बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । आफ्ना भनेका साथी विपक्षी कित्तामा पुगेकाले महत्त्वपूर्ण निर्णयमा अवरोध हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कर्कट : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमै आम्दानीका विकल्प फेला पर्नेछन् । विपक्षी साथीले सहयोग गर्ने योग छ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ ।

सिंह : दिन राम्रो छ। अचानक आम्दानी हुनेछ । गुमेको सम्पत्ति प्राप्त हुनेछ । प्राविधिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ । काममा तपाईंको बढुवा हुने दिन छ । परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ ।

कन्या : दिन सहज छ । कृषि कर्ममा सफलता मिल्नेछ । फलफूल र दूधको व्यापारमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा नाफा हुनेछ ।

तुला : दिन राम्रो छ । मनमा शान्ति मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । साथी भाइले साथ दिनेछन् । परोपकार गरेमा नाम र दाम दुवै प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन राम्रो छ । तपाईंको बोली बिक्ने छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ । व्यापारमा मिहिनेत गर्नुपर्ने देखिन्छ ।

धनु : दिन राम्रो छ । पुराना साथीसँग भेट हुनेछ । साथीसँगको भेटले नयाँ नयाँ विषयको ज्ञान प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । मन मिल्ने साथीसँग घुम्ने अवसर मिल्ने छ । परिवारको साथ मिल्ने छ ।

मकर : दिन राम्रो छ । परोपकार गर्ने अवसर मिल्नेछ । राजनीतिक संगठनमा तपाईंको प्रस्ताव पारित हुनेछ । परिवारको साथ मिल्नेछ । व्यापारमा संयुक्त लगानीमा गर्नु उचित हुनेछ ।

कुम्भ : दिन सामान्य छ । सानो कुराले मनमा झन्झट बढ्नेछ । धार्मिक क्षेत्रको यात्रा तय हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।

मीन : दिन राम्रो छ । शुभ ग्रहको बहुमत भएकाले दिन सहज बन्नेछ । साना कुराले मनमा खटपटी बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ०५ बजे

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो