सिद्धिचरण राजमार्ग स्तरोउन्नतीको काम थालिने « Khabarhub

सिद्धिचरण राजमार्ग स्तरोउन्नतीको काम थालिने


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कटारी– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले उदयपुरको सिद्धिचरण राजमार्गको स्तरोउन्नतीको काम तत्काल थालिने जानकारी दिएका छन् ।

राजमार्ग अन्तर्गतको उदयपुरको कटारी–घुर्मी सडकखण्डसङ्घर्ष समितिले आइतबार काठमाडौंमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले एक महिनाभित्र बहुवर्षीय ठेक्का लगाउने र काम अघि बढाउने जानकारी दिए ।

उनले आफूले पनि यो सडक हिँडेको र समस्या बुझेको भन्दै तत्काल सडक स्तरोउन्नतीको काम अघि बढाउन निर्देशन दिए ।

यस सडकखण्ड निर्माणका लागि चार अर्ब १२ करोड बजेट रहेको जनाइएको छ । राजमार्गको कटारी–घुर्मी ४७ किलोमिटर सडक जीर्ण अवस्थामा छ । आउजाउमै समस्या भएपछि यसअघि समितिले सडकसमेत अवरुद्ध गरेको थियो । सडक आसपासका स्थानीय धुलोले आजित भएका थिए ।

तीन दशकअघि निर्माण गरिएको यो सडक जीर्ण हुँदा पहाडी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङवासी समेतलाई समस्या परेका छन् । तराईबाट पहाड प्रवेश गर्ने पहिलो र छोटो नाका स्तरोउन्नती नहुँदा वर्षौँदेखि जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ । (रासस)

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : ५२ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु