सिद्धिचरण राजमार्ग स्तरोउन्नतीको काम थालिने « Khabarhub

सिद्धिचरण राजमार्ग स्तरोउन्नतीको काम थालिने


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कटारी– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले उदयपुरको सिद्धिचरण राजमार्गको स्तरोउन्नतीको काम तत्काल थालिने जानकारी दिएका छन् ।

राजमार्ग अन्तर्गतको उदयपुरको कटारी–घुर्मी सडकखण्डसङ्घर्ष समितिले आइतबार काठमाडौंमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले एक महिनाभित्र बहुवर्षीय ठेक्का लगाउने र काम अघि बढाउने जानकारी दिए ।

उनले आफूले पनि यो सडक हिँडेको र समस्या बुझेको भन्दै तत्काल सडक स्तरोउन्नतीको काम अघि बढाउन निर्देशन दिए ।

यस सडकखण्ड निर्माणका लागि चार अर्ब १२ करोड बजेट रहेको जनाइएको छ । राजमार्गको कटारी–घुर्मी ४७ किलोमिटर सडक जीर्ण अवस्थामा छ । आउजाउमै समस्या भएपछि यसअघि समितिले सडकसमेत अवरुद्ध गरेको थियो । सडक आसपासका स्थानीय धुलोले आजित भएका थिए ।

तीन दशकअघि निर्माण गरिएको यो सडक जीर्ण हुँदा पहाडी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङवासी समेतलाई समस्या परेका छन् । तराईबाट पहाड प्रवेश गर्ने पहिलो र छोटो नाका स्तरोउन्नती नहुँदा वर्षौँदेखि जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ । (रासस)

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : ५२ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन