दृष्टिविहीन महिला विश्वप क्रिकेटः अमेरिका १७ रनमा अलआउट, चार बलमै नेपालको जित « Khabarhub

दृष्टिविहीन महिला विश्वप क्रिकेटः अमेरिका १७ रनमा अलआउट, चार बलमै नेपालको जित

अमेरिकाविरुद्ध नेपालको सनसनीपूर्ण रेकर्ड


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिकेटमा असम्भव केही छैन । भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आइतबार अमेरिकालाई पराजित गर्दा त्यस्तै रेकर्ड बनाएको छ । अमेरिकाविरुद्ध १० विकेटको जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको नेपालले चार बलमै लक्ष्य भेट्टाएको हो ।

सुरुमा ब्याटिङ गरेको अमेरिकालाई नौ ओभर ४ बलमा मात्र १७ रनमा अलआउट गर्दै रेकर्ड बनाएको हो । १८ रनको लक्ष्य मात्र ४ बलमा नेपालले भेट्टाएर अनौठो रेकर्ड बनाएको हो ।

यो जितसँगै नेपालले चार खेलबाट छ अङ्क जोडेको छ । यसअघि श्रीलङ्का र अष्ट्रेलियालाई पराजित गरेको नेपालले भारतसँग भने हार बेहोरेको थियो ।

१० विकेटको जित निकालेको नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका नौ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १७ रनमै समेटिएको थियो ।

अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले तीन र सुनिता घिमिरेले समान एक÷एक विकेट लिएका थिए ।

भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताका बाँकी खेल श्रीलंकामा हुनेछन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : ५६ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा