यी व्यक्ति र कम्पनी : जसले राज्यलाई तिरे सबैभन्दा धेरै कर « Khabarhub

यी व्यक्ति र कम्पनी : जसले राज्यलाई तिरे सबैभन्दा धेरै कर


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ ।

आन्तरिक राजस्व विभागले सोमबार एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो ।

सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा सरकार नियन्त्रित नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भएको छ ।

त्यस्तै, एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल बनेको छ।

वस्तु निर्यातको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालि घोषित भएको छ।

सूचना प्रविधि सम्बन्धी सेवामा सबैभन्दा बढी आयकर दाखिला गर्ने ओरिक्स नेपाल प्रालि र कृषि एवम् पशुपंक्षीजन्य उद्योगमध्ये गर्ने मध्ये पोषक ब्रिडर फार्म प्रालिलाई सम्मानित गरिएको छ।

त्यस्तै, बैंकिङ र बीमा संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले सबैभन्दा धैरै कर बुझाउने कम्पनीका रुपमा सम्मानित भएको छ।

स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटललाई सबैभन्दा कर बुझाउने संस्थाका रुपमा समान गरिएको छ ।

पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापार गर्ने संस्थातर्फ भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी कारोबार गर्ने संस्थामा आईएमई लिमिटेड सम्मानित भए ।

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सम्मानित गरिएको छ ।

वार्षिक कारोबारका आधारमा ५० करोडदेखि रू एक अर्बसम्मको कारोबार गर्नेमा सीडिीएस एण्ड क्लियरिङ लिमिटेड र ५० करोडसम्मको कारोबार गर्ने संस्थाका रूपमा भीएफ सर्भिसेज प्रालिलाई सम्मानित गरिएको छ ।

त्यस्तै, २०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मूल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले सम्मान पाएको छ ।

विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनिलिभर नेपाललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । गतवर्ष सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बाग्लुङलाई सम्मानित गरिएको छ । रासस

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १२ : २६ बजे

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा

‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालका सबै भूगोल,

होलीमा छालाको सुरक्षा कसरी गर्ने ? यस्तो छ चिकित्सकको सुझाव

काठमाडौं – रङको पर्व होली आज हिमाली तथा पहाडी जिल्लासँगै

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सा– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक