प्रहरीले भन्यो : टिकट नहुनेहरूले कीर्तिपुर स्टेडियमतिर नजानू « Khabarhub

प्रहरीले भन्यो : टिकट नहुनेहरूले कीर्तिपुर स्टेडियमतिर नजानू


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत सोमबार हुने खेलका टिकट पूरै बिक्री भइसकेकाले कीर्तिपुर स्टेडियम क्षेत्रमा भीड नगर्न आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसरले शुक्रबार प्रेस विज्ञप्ति नै जारी गरेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सोमबारदेखि आगामी मंसिर २७ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलका टिकट उपलब्ध नभएको जानकारी आयोजक संस्थाबाट प्राप्त भएको उल्लेख गरेको छ।

परिसरले टिकट नभएकाहरूलाई खेल मैदानतर्फ नजान भनेको छ। प्रहरीले अनुकूल स्थान या घरबाटै टेलिभिजनमा खेल हेर्न अनुरोध गर्दै मैदान वरपर अनावश्यक रुपमा जम्मा नहुन आग्रह गरेको छ।

सुरक्षा व्यवस्थापन सहज बनाउन सहयोग गर्न पनि प्रहरीले क्रिकेट प्रेमीलाई भनेको छ । परिसरका सूचना अधिकृत पवनकुमार भट्टराई भीड बढेमा खेल वातावरण सुरक्षित राख्न समस्या हुन सक्ने बताएका छन् ।

प्रहरीले सामान्य नागरिक दायित्वका रूपमा सहकार्य गर्न आग्रह गर्दै विद्यार्थी, स्थानीय बासिन्दा र खेल प्रेमी सबैलाई संयमित रहन अपिल गरेको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १२ : ४९ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा