प्रहरीले भन्यो : टिकट नहुनेहरूले कीर्तिपुर स्टेडियमतिर नजानू « Khabarhub

प्रहरीले भन्यो : टिकट नहुनेहरूले कीर्तिपुर स्टेडियमतिर नजानू


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत सोमबार हुने खेलका टिकट पूरै बिक्री भइसकेकाले कीर्तिपुर स्टेडियम क्षेत्रमा भीड नगर्न आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसरले शुक्रबार प्रेस विज्ञप्ति नै जारी गरेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सोमबारदेखि आगामी मंसिर २७ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलका टिकट उपलब्ध नभएको जानकारी आयोजक संस्थाबाट प्राप्त भएको उल्लेख गरेको छ।

परिसरले टिकट नभएकाहरूलाई खेल मैदानतर्फ नजान भनेको छ। प्रहरीले अनुकूल स्थान या घरबाटै टेलिभिजनमा खेल हेर्न अनुरोध गर्दै मैदान वरपर अनावश्यक रुपमा जम्मा नहुन आग्रह गरेको छ।

सुरक्षा व्यवस्थापन सहज बनाउन सहयोग गर्न पनि प्रहरीले क्रिकेट प्रेमीलाई भनेको छ । परिसरका सूचना अधिकृत पवनकुमार भट्टराई भीड बढेमा खेल वातावरण सुरक्षित राख्न समस्या हुन सक्ने बताएका छन् ।

प्रहरीले सामान्य नागरिक दायित्वका रूपमा सहकार्य गर्न आग्रह गर्दै विद्यार्थी, स्थानीय बासिन्दा र खेल प्रेमी सबैलाई संयमित रहन अपिल गरेको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १२ : ४९ बजे

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी