त्रिवि क्रिकेट मैदान बनेपछि केपी ओलीको पहल र क्रिकेट प्रेमीको प्रयासलाई सम्झिए शंकर पोखरेलले « Khabarhub

त्रिवि क्रिकेट मैदान बनेपछि केपी ओलीको पहल र क्रिकेट प्रेमीको प्रयासलाई सम्झिए शंकर पोखरेलले


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिवि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ‘सही निर्णय र दृढ सङ्कल्पको प्रतीक’ भन्दै प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पहल र क्रिकेट प्रेमीहरूका प्रयासप्रति बधाई दिएका हुन् । 

महासचिव पोखरेलले लेखेका छन्, ‘सही निर्णय र दृढ सङ्कल्पको प्रतीक त्रिवि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, बधाई स्वप्नदृष्टा केपी शर्मा ओली र क्रिकेट प्रेमी सबैलाई।’

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नेपाली क्रिकेटको स्तर उकास्ने मात्र होइन, खेलकुदमार्फत राष्ट्रको प्रतिष्ठा बढाउने महत्त्वपूर्ण आधार बनेको उनले बताए।

एमाले अध्यक्ष निवर्तमान प्रधानमन्त्री केपी ओली पछिल्लो पटक प्रधानमन्त्री हुनेबित्तिकै त्रिवि क्रिकेट रङ्गशालालाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका थिए । त्यसअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले छुट्याएको ४० करोड बजेटले यो स्टेडियमको आधुनिक स्वरुप १० महिनामै तयार भएको हो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : ०० बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा