मक्काबाट मदिना जाँदै गरेका भारतीय तीर्थयात्री सवार बस दुर्घटना, कम्तीमा ४२ जनाको मृत्यु, बाँच्न सफल भए चालक « Khabarhub

मक्काबाट मदिना जाँदै गरेका भारतीय तीर्थयात्री सवार बस दुर्घटना, कम्तीमा ४२ जनाको मृत्यु, बाँच्न सफल भए चालक


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

रियाद- मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा पनि ४२ भारतीयको मृत्यु भएको छ । उमरा गर्न जाँदै गरेका यात्रु सवार बस डिजेल ट्याङ्करसँग ठोक्किएर आगो लाग्दा केवल चालकले मात्रै ज्यान जोगाउन सफल भएका छन् ।

साउदी अरबमा आइतबार राति भएको सडक दुर्घटनामा ४२ भारतीय नागरिकको मृत्यु भएको हो। उमराका लागि मक्का बाट मदिना जाँदै गरेको बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि आगलागी भएको थियो।

मृतकमध्ये २० महिला र ११ बच्चा रहेका छन्। जानकारी अनुसार दुर्घटनापछि बस चालक मात्रै ज्यान जोगाउन सफल भएका छन्।

मृतकमध्ये धेरैजसो हैदराबादका रहेको अनुमान गरिएको छ। दुर्घटना भारतीय समयअनुसार राति करिब १ : ३० बजे मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरासनजिक भएको हो। त्यो समयमा धेरै यात्रीहरू सुतेका थिए, जसकारण उनीहरूले ज्यान बचाउने अवसर पाउन सकेनन्।

तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। राज्य सरकारद्वारा जारी विज्ञप्ति अनुसार मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई दूतावाससँग समन्वय गर्दै पीडितको पहिचान र आवश्यक प्रक्रिया पूरा गर्न सहयोग गर्न भनेका छन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : १० बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन