कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ | Khabarhub Khabarhub

कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बस्ने महोत्तरी सम्सी गाउँपालिका-५ घर भएका ४४ वर्षीय आनन्द कुमार साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

आनन्द कुमारले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : ११ बजे

प्रधानमन्त्रीद्वारा नागरिक समाजका अगुवाहरूसँग छलफल

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन गर्न विभिन्न दलहरूसँग

सिभिल अस्पतालले माग्यो करार कर्मचारी 

काठमाडौं– सिभिल सर्भिस अस्पताल (निजामती कर्मचारी) अस्पतालले करारमा कर्मचारी मागेको

टस जितेर काठमाडौं गोर्खाजले बलिङ रोज्यो (तस्बिरहरू)

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा

नेपाल प्रिमियर लिग : कीर्तिपुरमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को लागि टियु रंगशालामा समर्थकहरूको

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं– सर्वोच्च अदालतमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता