भियतनाममा पहिरोमा पुरिएर छ जनाको मृत्यु « Khabarhub

भियतनाममा पहिरोमा पुरिएर छ जनाको मृत्यु


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भियतनाममा भारी वर्षाले निम्त्याएको पहिरोका कारण कम्तिमा छ जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दा बढी घाइते भएको  विपद् एजेन्सीका अधिकारीहरूले सोमबार बताएका छन् ।  
 
विपद् व्यवस्थापन अधिकारीका अनुसार खान प्रान्तको सुन्दर खान पासमा माटो र चट्टान खस्दा यात्रु बस डुबेको थियो, जसमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् ।  

 मिडियाका अनुसार बसमा ३२ जना यात्रु थिए भने केही घाइतेहरूको टाउको लगायतका  अङ्गमा चोट लागेका कारण स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उद्धारकर्ताहरू बस भित्र फसेका केही यात्रुहरूलाई उद्धार गर्न निरन्तर प्रयास गरिरहेकोसमेत मिडियाले उल्लेख गरेका छन् । 

यस अघि आइतबार खानह होआको खानह सोन पासमा मजदुरहरूको आश्रयमा पहिरो जाँदा एक जना व्यक्तिको मृत्यु भएको हुनुका साथै अर्को एक जना बेपत्ता भएको विपद् अधिकारीले बताएका छन् । 

प्राकृतिक प्रकोपका कारणले यस वर्ष २७९ जनाको ज्यान लिएको दुई अर्ब डलर भन्दा बढीको क्षति भएको भियतनामको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : २२ बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर