लुम्बिनी लायन्ससँग जोडियो नेपाटप « Khabarhub

लुम्बिनी लायन्ससँग जोडियो नेपाटप


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माण सामाग्री उत्पादन एवं वितरण कम्पनी नेपाटप अर्गनाईजेशन आजदेखि शुरु हुने दोस्रो नेपाल प्रीमीयर लिगमा लुम्बिनी लायन्ससँग जोडिएको छ । नेपाटप अर्गनाईजेशनका अध्यक्ष दीपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाटप जस्तो प्रतिष्ठित ब्रान्डसँगको साझेदारीले टोलीलाई यो सिजनमा थप हौसला प्रदान गर्ने एवं खेलकुदमा निजी एवं व्यावसायिक क्षेत्रको प्रवेशमा अझ फराकिलो आधार तयार गर्ने धारणा व्यक्त गरेका छन् । 

नेपाटप अर्गनाईजेशनका अध्यक्ष श्रेष्ठले पछिल्लो समय सबै पुस्तामा लोकप्रिय रहेको क्रिकेट खेलको विकासमा बुद्धभुमिको सन्देश बोकेको लुम्बिनी लायन्ससँग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुद प्रवर्द्धन मार्फत समाजलाई एकताको सकारात्मक सन्देश दिने एवं स्थानीय युवाहरूको प्रतिभा प्रस्फुटन गराउने कार्यमा कम्पनीको सदैव साथ रहने घोषणा गरेका छन् । 

पछिल्लो समय क्रिकेट प्रतियोगिता मार्फत खेलकुदमा जोडिएको नेपाटप वाटर टैंक, पीपीआर पाईप तथा फिटिङ्गस्, युपीभिसी पाइप तथा फिटिङ्गस्, सिपीभिसी पाइप तथा फिटिङ्गस्, यु.पीभिसी झ्याल ढोका, एचडिपीई पाइप, डिडब्ल्यु, सि पाइप, स्टेनलेस स्टिल पाइप, स्टेनलेस स्टिल टैंक लगायतका विभिन्न निर्माण सामाग्री उत्पादन तथा पानी तान्ने पम्प, ग्याँस गिजर, ईलेक्ट्रिक गिजर लगायतका सामाग्रीहरू वितरण गरिरहेको स्वदेशी बजारमा प्रचलित ब्राण्ड हो । 
 
सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाटप अर्गनाईजेशनका प्रबन्ध निर्देशक अमृत प्रसाद द्धा, वरिष्ठ बजार व्यवस्थापक विनोद महत एवं लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको उपस्थिति रहेको थियो । 

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सबाट नेपाली सहित अष्ट्रेलिया, अफगानिस्तान, नामिबिया र इटालीका अन्तर्राष्ट्रिय खेलाडीहरूले खेल्नेछन् । 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : ३७ बजे

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र