प्रचण्डले भने- त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड जडानको योजना मैले ल्याएको थिएँ « Khabarhub

प्रचण्डले भने- त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड जडानको योजना मैले ल्याएको थिएँ


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीए) को दोस्रो संस्करण सोमबा।देखि सुरु हुँदैछ।

यस अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन्।

प्रचण्डले एनपीएलले नेपाली क्रिकेटको स्वाभिमान र पहिचानलाई अझ मजबुत बनाएको बताएका छन्। उनले सहभागी टिम, नेपाल क्रिकेट संघका पदाधिकारी, व्यवस्थापक र विश्वभरका नेपालीहरूलाई शुभकामना दिए ।

शुभकामना सन्देश दिँदै उनले २०७९ चैत २ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्धको ऐतिहासिक जितलाई सम्झिए। त्यतिबेला खेलसँगै मैदानको खराब अवस्थालाई लिएर दर्शकको आक्रोश पनि उतिकै चर्को रहेको उनले स्मरण गरे।

प्रचण्डले त्यसपछि बालुवाटारमा विजेता खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार वितरण गर्दै त्रिवि क्रिकेट मैदानमा आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको बताएका छन्।

बजेट विनियोजन भएपछि काम सुरु भए पनि कानुनी र प्राविधिक कारणले निर्माण ढिलो भएको उनले उल्लेख गरे।

उनले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले कामलाई निरन्तरता दिएको बताए । आफू प्रतिपक्षी नेता भएको समयमा संसदमार्फत यस विषयमा निरन्तर ध्यानाकर्षण गराउँदै आएको उनले बताए ।

अन्ततः फ्लडलाइट सहितको मैदानमा एनपीएलको दोस्रो संस्करण हेर्न पाउनु गौरवको विषय भएको उनले बताए।

प्रचण्डले नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, क्यान, खेलाडी र दर्शक सबैको भूमिकाको प्रशंसा गर्दै यस संस्करणले नेपाली क्रिकेटको विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।

उनले राष्ट्रिय गौरवका रूपमा घोषणा भएका अन्य रंगशाला निर्माण चाँडो अघि बढाउन सरकारलाई आग्रह पनि गरे।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : ४४ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६