एलओडी क्लब एनपीलको इन्टरटेनमेन्ट पार्टनर  « Khabarhub

एलओडी क्लब एनपीलको इन्टरटेनमेन्ट पार्टनर 


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको छ । सोमबारदेखि किर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरु हुने एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो ।

आइतबार एक कार्यक्रम गरेर क्लबका सीईओ रविन श्रेष्ठ र क्रिकेट एशोसिएसनका सचिव पारस खड्काले सम्झौता गरेका हुन् ।

एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका सिइओ श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेल भइरहेको समय क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने छन् । क्लबका डिजेहरूले क्रिकेट रंगशालाको बुथमम बसेर म्युजिक प्ले गर्ने छन् ।

‘प्रत्येक खेलका खेलाडीहरूलाई विशेष कार्यक्रम गरेर क्लबमा स्वागत गरिन्छ,’ उनले भने, ‘खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गर्नु क्लबले जिम्मेवारी पाएको छ ।’

उद्‌घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्ने छन्। एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछ । बाँकी ९ खेल दिनमा हुनेछन्। लिग चरणका २८ खेल भने डे नाइटमा हुनेछ। 

ठमेलमा रहेको एलओडी क्लब विश्वकै ४४ औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  २ : १५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी