मिलिन्दाको बलिङले दबाबमा जनकपुर, अर्धशतक बनाउँदै बाहिरिए आशिफ « Khabarhub

मिलिन्दाको बलिङले दबाबमा जनकपुर, अर्धशतक बनाउँदै बाहिरिए आशिफ


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा काठमाडौं गुर्खाजका बलर मिलिन्द कुमारको बलिङ चम्किदा साविक बिजेता जनकपुर बोल्ट दबाबमा परेको छ ।

१३ दशमलव ३ ओभरको खेल भइसक्दा अर्धशतक प्रहार बनाएका ओपनर ब्याटर आशिफ शेख पनि आउट भएपछि जनकपुरको ब्याटिङ दबाबमा परेको हो ।

आशिफ ४१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाएर मैदानबाट बाहिरिए । उनी काठमाडौंका शाहब आलमको बलमा गेरहानर्ड इराम्मसमार्फत क्याच आउट भएका हुन् ।

१५ ओभरको समाप्तिमा जनकपुर पाँच विकेटको क्षतिमा ८५ रनको दयनीय अवस्थामा छ ।

त्यसअघि अर्का ओपनर लाहिरु मिलन्था दोहोरो अंक नजोडी पवेलियन फर्किए । १२ बल खर्चेर ७ रन जोडेका उनलाई मिलिन्द कुमारले जोन सिम्पसनमार्फत् क्याट आउट गराएका हुन् ।

सुरुवातमा मिलन्दको बलिङ चम्कियो । उनले कप्तानसमेत रहेका अनिल साहलाई रनको खाता खोल्न नदिइ गेरहार्ड इरास्मसमार्फत् क्याच आउट गराए ।

जनकपुरका जान निकोल लोफ्टी-इटन मिलन्दाको बलमा बोल्ट भए । मिलन्दको बलिङले गर्दा जनकपुरको ब्याटिङ धर्मराएको छ ।

मिलन्दाले महत्त्वपूर्ण तीन विकेट लिँदा सन्तोष यादवले एक विकेट लिए । सन्तोले सञ्जय कृष्णमूर्ति बोल्ट गराए ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ११ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको