आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको सामान्य चुनौती « Khabarhub

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको सामान्य चुनौती


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई १३१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले आशिफ शेखको अर्धशतकको साथमा १३० रनको बनाएको हो ।

काठमाडौं गुर्खाजविरुद्ध पहिला ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्सका चार महत्त्पूर्ण ब्याटर दोहोरो रन नजोडी आउट भए ।

ओपनर लाहिरू मिलन्था १२ बल खर्चेर ७ रन जोडेर आउट भए । कप्तानसमेत समेत रहेका अनिल शाह रनको खाता नखोली पवेलिनय फर्किए ।

यी दुवै काठमाडौंका मिलिन्दा कुमारको बलमा आउट गराए । पहिलो विकेटको रुपमा लाहिरु ४ दशमलव ३ ओभर र अनिल दोस्रो विकेटका रुपमा ४ दशमलव ५ ओभरमा आउट भए ।

त्यस्तै, दोहोरो रन जोड्न नसक्ने दुई ब्याटर जान निकोल लोफ्टी-इटन र सञ्जय कृष्णमूर्ति हुन् । यी दुवैले समान २-२ अंक जोडे ।

अर्का ओपनर आशफिले भने जनकपुरको ब्यािटङ उकास्ने सक्दो प्रयास गरे । उनले यो सिजको पहिलो अर्धशतकसमेत प्रहार गरे । ४१ बल खेल्दा उनले ६ चौका र एक छक्काको सहयोगमा ५४ रन जोडे

जान निकोल लोफ्टी-इटन र सञ्जय कृष्णमूर्ति दोहोरो रन जोड्न सकेनन् । उनीहरु समान दुई-दुई रन जोडेर आउट भए ।

आशिफ आउट भएपछि जनकपुरको ब्याटिङ धरासायी हुनबाट मयन यादज र लाहिरु समरकुन बचाए । मयनले २९ बलमा ३४ रन जोडे । उनले दई छक्का र १ चौका प्रहार गरे । समरकुनले २१ बलमा २ छक्काको सहयोगमा २२ रन जोडे ।

चार ओभर बलिङ गरेका मिलन्दा महत्वपूर्ण तीन विकेट लिए । उनले ओपरन मिलन्थालाई जोन सिम्पसन मार्फत्आउट गराए । कप्तान अनिललाई पनि उनैले गेरहार्ड इरास्मस मार्फत् क्याच आउट गराएका हुन् । जान निकोल लोफ्टी-इटनलाई उनैले बोल्ट गरे ।

उनकै बलिङ चल्दा जनकपुर सस्तैमा समेटिएको हो । काठमाडौंका कप्तान करण केसीले एक विकेट लिए । उनले जनकपुरका लाहिरु समरकुनलाई मोहम्मद आदिल आलममार्फत् क्याच आउट गराएका हुन् ।

शहब अलामले जनकपुरबाट सबैभन्दा बढी रन जोड्ने आफिशको विकेट लिए । आशिफ अलामकको बलमा गेरहार्ड इरास्मसमार्फत् क्याच आउट भएका हुन् । सन्तोष यादवले सञ्जय कृष्णमूर्तिको विकेट लिए ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ३७ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा