राष्ट्रियसभाका अध्यक्षद्वारा एनपीएल सफलताको शुभकामना « Khabarhub

राष्ट्रियसभाका अध्यक्षद्वारा एनपीएल सफलताको शुभकामना


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कीर्तिपुर क्रिकेट स्टेडियममा आजदेखि सुरु भएको ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका छन् । 

अध्यक्ष दाहालले शुभकामना सन्देश जारी गर्दै नेपाली क्रिकेटले विश्व समुदायमा देशको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन् । 

उनका अनुसार विदेशी मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीहरूले राष्ट्रको गौरव र प्रतिष्ठा निरन्तर बढाइरहेका छन् । क्रिकेटले विविध भाषा, धर्म र विचारले विभाजित नेपालीहरूलाई एकताबद्ध बनाउने माध्यमका रूपमा भूमिका निर्वाह गरेको बताए । 

यस वर्ष दोस्रो संस्करणका रूपमा सुरु भएको एनपीएलले विश्वभर छरिएका नेपाली समुदायको ध्यान मात्र तानेको नभई विश्वका विभिन्न देशका खेलाडीहरूको सहभागिताले अन्तरराष्ट्रिय समुदायको चासो पनि बढाएको अध्यक्ष दाहालले बताएका छन् । 

अध्यक्ष दाहालले कीर्तिपुर स्टेडियम निर्माणका विभिन्न चरणमा योगदान दिने सरकारका नेतृत्व, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट सङ्घ, खेलाडी तथा क्रिकेट प्रेमीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । 
 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ४४ बजे

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।