काठमाडौंले गुमायो लगालग विकेट « Khabarhub

काठमाडौंले गुमायो लगालग विकेट


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजका पाँच विकेट लिएको छ ।

१७.१ ओभरमा काठमाडौंका जोश सिम्पन एलबी डब्लु धरापमा परे । उनी १३ रनमै आउट हुँदा काठमाडौं दबाबमा छ ।

यसअघि १६ ओभर ६ बलमा आइपुग्दा काठमाडौंले मिलिन्दा कुमारलाई गमाएको हो । उनले १९ रन बनाएको अवस्थामा आउट हुन पुगे।

त्यसअघि १५ ओभर ४ बलमा काठमाडौंले ओपनर आकाश त्रिपाठीलाई गुमायो । त्रिपाठी ४५ बल खर्चेर पाँच चौकाको सहयोगमा ३९ रन जोडेर आउट भए ।

त्रिपाठीलाई सञ्जय कृष्णमूर्ति बोल्ट गरेका हुन् । ९ ओभर ४ बलमा ब्याटर भीम सार्की आउट भएका हुन् । ७ बल खर्चेर ३ रन जोडेका भीमलाई ललित राजवंशीले लाहिरू मिलन्थामार्फत् क्याच आउट गरेका हुन् ।

पहिलो विकेटका रुपमा काठमाडौंले बेन चार्ल्सवर्थ गुमाएको थियो । उनले २३ बलमा ३ छक्का र ५ चौकाको सहयोगमा ४६ रन जोडेका हुन् । उनी जनकपुरका जान निकोल लोफ्टी(इटनको बलमा क्याच आउट भएका हुन् ।

पहिलो विकेट गुम्दा काठमाडौंका ओपनरहरु आकाश त्रिपाठी र बेन चार्ल्सवर्थ ७० रनको बलियो साझेदारी भंग भएको हो ।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको जनकपुरले १३१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ७ : ११ बजे

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी