काठमाडौंले गुमायो लगालग विकेट « Khabarhub

काठमाडौंले गुमायो लगालग विकेट


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजका पाँच विकेट लिएको छ ।

१७.१ ओभरमा काठमाडौंका जोश सिम्पन एलबी डब्लु धरापमा परे । उनी १३ रनमै आउट हुँदा काठमाडौं दबाबमा छ ।

यसअघि १६ ओभर ६ बलमा आइपुग्दा काठमाडौंले मिलिन्दा कुमारलाई गमाएको हो । उनले १९ रन बनाएको अवस्थामा आउट हुन पुगे।

त्यसअघि १५ ओभर ४ बलमा काठमाडौंले ओपनर आकाश त्रिपाठीलाई गुमायो । त्रिपाठी ४५ बल खर्चेर पाँच चौकाको सहयोगमा ३९ रन जोडेर आउट भए ।

त्रिपाठीलाई सञ्जय कृष्णमूर्ति बोल्ट गरेका हुन् । ९ ओभर ४ बलमा ब्याटर भीम सार्की आउट भएका हुन् । ७ बल खर्चेर ३ रन जोडेका भीमलाई ललित राजवंशीले लाहिरू मिलन्थामार्फत् क्याच आउट गरेका हुन् ।

पहिलो विकेटका रुपमा काठमाडौंले बेन चार्ल्सवर्थ गुमाएको थियो । उनले २३ बलमा ३ छक्का र ५ चौकाको सहयोगमा ४६ रन जोडेका हुन् । उनी जनकपुरका जान निकोल लोफ्टी(इटनको बलमा क्याच आउट भएका हुन् ।

पहिलो विकेट गुम्दा काठमाडौंका ओपनरहरु आकाश त्रिपाठी र बेन चार्ल्सवर्थ ७० रनको बलियो साझेदारी भंग भएको हो ।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको जनकपुरले १३१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ७ : ११ बजे

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।