उपप्रमुख डंगोल र फिनल्याण्डका राजदूत पेट्रीबीच भेटवार्ता « Khabarhub

उपप्रमुख डंगोल र फिनल्याण्डका राजदूत पेट्रीबीच भेटवार्ता


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा चक्रीय अर्थव्यवस्था र सहरी आचरणका विषयमा आपसी अभ्यासका विषयमा कुराकानी भएको थियो ।

चक्रीय अर्थव्यवस्थाको उदाहरणका रुपमा फोहर व्यवस्थापनको विषय उठाउँदै उपप्रमुख डंगोलले, फोहरबाट मोहर बनाउने अभियानमा लामो समयदेखि काम हुँदै आएको बताएकी थिइन् । फोहरलाई कम्पोष्ट गरेर मल बनाउने, यसरी बनाइएको मलको प्रयोग गरेर कौसी तरकारी खेती गरेर फल, फूल तथा तरकारी उब्जाउने कार्यक्रम महानगरपालिकाले नियमित सञ्चालन गरिरहेको बताइन् ।

फोहरका रुपमा फालिएका कागज, प्लाष्टिक जस्ता बस्तु संकलन गरेर दैनिक उपभोग्य बस्तु, सजावटका सामान बनाउने यसलाई उद्यमका रुपमा विकास गर्ने कामलाई समुदाय स्तरमा सञ्चालन गरिएकोले यसबाट स्थानीय आयमा टेवा पुगेको उपप्रमुख डंगोलले बताइन् ।

त्यस क्रममा राजदूत पुहाक्काले, आफूहरुले मधेश र कर्णाली प्रदेशमा स्वच्छता तथा सरसफाइका लागि काम गरिरहेको बताउँदै महानगरपालिकासँग पनि सहकार्य गर्न इच्छुक रहेको बताए । पिउने पानीको शुद्धता, सहरी वातावरण र स्वच्छतालगायत महानगरपालिकाले आवश्यकता महसुस गरेका क्षेत्रमा सहकार्य हुन सक्ने राजदूतको धारणा थियो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ८ : ३५ बजे

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

खोटाङ– यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन

गरिब, किसान र श्रमिकलाई बजेटले सम्बोधन नगरेको एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी

काठमाडौं– नेकपा एमालेका नेत प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटले

नेकपा नेतृत्वप्रति केन्द्रीय सदस्य पराजुलीको आक्रोश- सुधारको कुनै सम्भावना देखिएन

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुदेश पराजुलीले

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली