बंगलादेशले भारतलाई फेरि भन्यो– शेख हसिनालाई तुरुन्तै सुपुर्दगी गर « Khabarhub

बंगलादेशले भारतलाई फेरि भन्यो– शेख हसिनालाई तुरुन्तै सुपुर्दगी गर


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमालको प्रत्यर्पण माग गरेको छ। दुवै हाल भारतमा बसिरहेका छन्।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री कमाल दुवैलाई मृत्युदण्डको सजाय सुनाएको छ।

फैसलापछि सोमबार बंगलादेशको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरेको छ।

‘अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलाअनुसार फरार शेख हसिना र असदुज्जमान खान कमाल दोषी सिद्ध भएका छन्,’ वक्तव्यमा भनिएको छ, ‘मानवताविरुद्धका अपराधका लागि दोषी ठहरिएका यी व्यक्तिहरूलाई कुनै पनि देशले शरण दिएमा त्यो मित्रतापूर्ण व्यवहार र न्यायको अवमूल्यनको गम्भीर कार्य हुनेछ।’

बंगलादेशले शेख हसिना र असदुज्जमान खान कमाल दोषी भएकाले तत्काल फिर्ता पठाउन भनेको छ।

बंगलादेशको विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘हामी दुवैलाई तुरुन्तै भारत सरकारले बंगलादेशलाई सुम्पियोस् भन्ने चाहन्छौँ। यो भारतको दायित्व हो।’

बंगलादेशले यसअघि पनि धेरैपटक आधिकारिकरूपमा शेख हसिनालाई फिर्ता गराउन अनुरोध गर्दै पत्र पठाएको थियो। तर, भारतले ती अनुरोधहरूको कुनै प्रतिक्रिया दिएको थिएन।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ९ : ५० बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान