काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज जित निकालेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले ग्वाडालाजारामाथि २-० को सहज जित निकालेको हो।
प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा बार्सिलोना हाबी देखियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले दुई गोल गरेको हो। एन्ड्रियास क्रिस्टेन्सेले खेलको ७६ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए।
दोस्रो गोल खेलको अतिरिक्त समयमा मार्कस रासफोर्डले गरेका हुन्। योसँगै बार्सिलोना २-० ले विजयी भएको हो।













प्रतिक्रिया