इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो « Khabarhub

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या देखिएको छ। मतदान प्रक्रियामा मतबदर हुने अवस्था नरहे पनि पाका नेतालाई इलेक्ट्रोनिक भोटिङ सिस्टमले समस्या ल्याएको हो।

एकजना व्यक्तिलाई मतदान गर्न करिब ३० देखि ३५ मिनेट लाग्ने बताइए पनि करिब एक घण्टा लागेको छ । नयाँ प्रविधिमा अपडेट नभएका प्रतिनिधिलाई मतदानमा समस्या भएको निर्वाचन आयोगका एक सदस्यले खबरहबलाई जानकारी दिए।

‘लेख पढ नभएका र पाका नेताहरूलाई समस्या भएको देखिन्छ। कसैले त एक घण्टामा पनि मतदान गरि सक्नुहुन्न। त्यस्तालाई सहजीकरण गर्ने व्यवस्था पर्याप्त छैन’, निर्वाचन आयोगका एक सदस्यले खबरहबलाई भने, ‘मतपत्र बदर हुने सम्भावना छैन तर मतपत्रमा छाप लगाउने बानी परेकाहरूलाई भने समस्या देखिन्छ।’

एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल बीच प्रतिस्पर्धा भइरहेको छ।

केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार अध्यक्षका प्रतिस्पर्धी केपी ओली र ईश्वर पोखरेललाई मतदान गर्न ५५ मिनेट लागेको छ । महाधिवेशनमा कूल दुई हजार २६३ जना प्रतिनिधिले मतदान गर्नेछन् । मतदान प्रक्रिया सुरु भएपछि अध्यक्ष उम्मेदवार ओली र पोखरेलले पहिलो मतदान गरेका हुन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १० : ४६ बजे

बिपी राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

काभ्रेपलाञ्चोक – शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम – यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख

आज २०८३ साल वैशाख १४ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख