एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी « Khabarhub

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ महाधिवेशनमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेको बताएका छन् ।

मतदान स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेताहरूले एकआपसमा सहकार्य गर्दै काम गरेकाले स्वास्थ्य प्रतिस्पर्धा भएको बताए ।

एमालेका पूर्व सचेतक समेत रहेका गिरीले सामूहिक रूपमा नेताहरू एकताबद्ध भएर महाधिवेशन स्थलमा मतदान गरिरहेकाले यो किसिमको लोकतान्त्रिक अभ्यास सबैले अपनाउनुपर्ने बताए ।

उनले अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच जुनसुकै कुरामा पनि समन्वय र सहकार्य भएको समेत दाबी गरेका छन्।

गिरीले केन्द्रीय कमिटी र पदाधिकारीमा नयाँ अनुहार आउने भएकाले एमाले परिमार्जनसहित अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे ।

‘यहाँहरूले देख्नुभयो होला नेताहरूबीच एकदमै स्वास्थ्य प्रतिस्पर्धा भइरहेको छ। सबैजना नेताहरूले बिहान एकै पटक मतदान गर्नुभयो । अध्यक्ष र पदाधिकारीका उम्मेदवारहरू सबैको सहकार्य र कोअर्डिनेसन मिलेको छ’, गिरीले भने, ‘सबै कुरा सल्लाहमै भइरहेको छ। हिजो बेलुका चिसो र इलेक्ट्रोनिक मेसिनमा समस्या आएका कारण मतदान हुन नसकेपछि दुवैजना नेताले नै सल्लाह गरेन निर्णय लिनुभएको हो।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १० : ५३ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका