सिजीद्वारा आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने अवसर « Khabarhub

सिजीद्वारा आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने अवसर


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजी ब्राण्डले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ #लेभलअप!उइथसीजी भन्ने मूल नाराका साथ नयाँ उपहार योजना सार्वजनिक गरेको छ ।

आगामी आइसिसी टी–२० वर्ल्डकपलाई मध्यनजर गर्दै ल्याइएको यस योजना अन्तर्गत ग्राहकले सिजी ब्रान्डका सामानको खरिदमा हातखाली नजाने पक्का उपहारहरू र बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार, ‘बम्पर उपहारमा विजेताहरूले आइसिसी टी–२० वर्ल्डकप मुम्बईको पूर्ण भ्रमण प्याकेज प्राप्त गर्नेछन्। यो योजनामा सहभागी हुन सिजी [स्पेस] वारेन्टी कार्ड नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना टाइप गरेर ३१००३ मा एसएमएस पठाउनुपर्नेछ र  लक्की ड्रमार्फत विजेताहरू छनोट गरिनेछ ।’

विजेताले ५ दिने मुम्बई भ्रमणको अवसर प्राप्त गर्नेछन्, जसमा दुईतर्फी हवाई टिकट,  तारे होटेलमा बसाइ र खानपिनको सम्पूर्ण सुविधा, मुम्बई सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने नेपालको खेलको टिकट समावेश गरिएको कम्पनीको दाबी छ । 

कम्पनीले जनाए अनुसार, ‘बम्पर उपहार बाहेक सिजी ब्रान्डका विभिन्न उपकरणहरूको खरिदमा ग्राहकले हात खाली नजाने गरी निम्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् । जसमा माइक्रोवेभ ओभनको खरिदमा नि:शुल्क कुकिङ किट, सिजी तथा सिजी मेरिडियाको ४३ इन्च भन्दा माथिका टेलिभिजनको खरिदमा ९ महिनाको नेट टिभी सब्स्क्रिप्शन, त्यसको साथसाथै सिजी ब्रान्डको फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ३ केजी एरियल पाउडर र सिजी ब्रान्डको टप लोड वाशिङ मेसिनको खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक केटल प्राप्त गर्न सक्नेछन् ।’

यो योजना मंसिर २९ गतेदेखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ३ : १३ बजे

‘जेन–जी’ आन्दोलन फरार युवक तेस्रो पटक चोरी आरोपमा समातिए

धादिङ- भक्तपुरस्थित बालसुधार गृहबाट गत भदौ २३ र २४ गते

प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन हर्कको आग्रह

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सीमा क्षेत्रमा भारतीय

पहिरोले कर्णाली करिडोर अवरुद्ध

मान्म– पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ । मङ्गलबारदेखि वर्षाका

जब पार्किङ गरेकै ठाउँबाट चोरियो गोदावरी नगरको गाडी

ललितपुर– ललितपुरको गोदावरी नगरपालिकाको सरकारी गाडी चोरी गरेको आरोपमा एक