मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन « Khabarhub

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक, सांस्कृतिक, सम्पदा, पूर्वाधारलगायत हरेक दृष्टिकोणले सम्पन्न रहेको बताएका छन्। झापाको हल्दिबारी गाउँपालिका–१ र ५ जोड्ने भुल्का मार्गको बुधबार उद्‌घाटन गर्दै उनले हरेक दृष्टिकोणले सम्पन्न नेपाल नबन्नुपर्ने कुनै कारण नरहेको धारणा राखे। 

‘विश्वका धेरै मुलुकहरूले फड्को मारिसकेको अवस्थामा नेपाल नबन्नुपर्ने कारण छैन । यहाँ प्राकृतिक स्रोत पर्याप्त छ, हामी सांस्कृतिक सम्पदामा धनी छौँ’, उनले भने, ‘स्रोतको सही सदुपयोग गर्दै परिणाम प्राप्त गर्न मुलुकको शिक्षा, नीति, राजनीति र नेतृत्व परिवर्तन गर्न आवश्यक छ ।’

शिक्षा नीति, राजनीति र नेतृत्व सही भएमा देश पाँचदेखि १० वर्षमा बन्ने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार नियन्त्रण गरेर असल सोचका साथ सबैले सकारात्मक समन्वय गरी देश विकासमा लाग्नुपर्नेमा जोड दिए। 

पूर्वाधार निर्माण हुनुमात्र ठूलो विषय नभई त्यसको संरक्षण गर्दै त्यसको माध्यमबाट नागरिकको जीवनस्तर उठाउनेतर्फ योजनाबद्ध काम गर्नुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले झापाका १५ वटा स्थानीय तहमध्ये हल्दिबारी गाउँपालिकामा सबैभन्दा कम बजेट प्राप्त हुने गरेको बताउँदै सोही कारणले आन्तरिक आम्दानी पनि कम हुने गरेको उल्लेख गरे। उनले प्राप्त बजेटका आधारमा विकास, निर्माणलाई सन्तुलित रूपमा अघि बढाउँदै लगेको जानकारी दिए।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, हल्दिबारी–१ का वडाध्यक्ष देवीबहादुर थापा, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस हल्दिबारीका कोषाध्यक्ष राजेन्द्र ओलीले आ–आफनो धारणा राखेका थिए ।

सङ्घीय सरकारको एक करोड १० लाख र गाउँपालिकाको रु एक करोड ५५ लाख ४३ हजारको लागतमा दुई हजार ३३० मिटर कालोपत्र र ३१० मिटर इन्टरलक सडक निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले जानकारी दिए । उनका अनुसार सडकको चौडाइ पाँच दशमलव पाँच मिटर चौडाइ रहेको छ भने इन्टरलक सडकको चौडाइ छ मिटरको छ ।

एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०८१ माघ २८ गते पार्वता पार्वती–अम्बिका ग्लोबल भिमेश्वर जेभीले सडक निर्माणको ठेक्का पाएको थियो । निर्माण अवधिभन्दा दुई महिना अगावै काम सम्पन्न गरेकामा निर्माण कम्पनीका सञ्चालक हरि भट्टराईलाई सम्मान गरिएको थियो ।

हल्दिबारी–१ स्थित ओमचोकबाट वडा नं ५ को धनुषा आविसम्म निर्माण सम्पन्न भएको उक्त सडकलाई ‘भुल्का मार्ग’ नामकरण गरिएको छ । उद्घाटन कार्यक्रमको सहजीकरण गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ४ : १० बजे

घण्टीबाट चुनाव जितेका ६ स्वास्थ्यकर्मी : न्युरोलोजिष्टदेखि स्वयंसेविकासम्म

प्रतिनिधिसभा निर्वाचनमा ६ जना चिकित्सक तथा स्वास्थ्यकर्मी निर्वाचित भएका छन्

सानीभेरी नदीमा दुई किशोरीको शव भेटियो, एक किशोरी बेपत्ता

त्रिवेणी– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण

उम्मेदवार रिझाउन अन्टसन्ट बोल्दा सञ्जालमा उछितो

काठमाडौं–  निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम उत्तरार्द्धमा छ

बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि

एजेन्सी– घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुआत उल्लेखनीय