राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा « Khabarhub

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिमा आएको बताएका छन् ।

अहिलेको अवस्थामा कांग्रेस र कम्युनिस्टप्रति जनतामा तीव्र वितृष्णा र घृणा रहेको भन्दै जनताले विकल्प खोजिरहेको उनले बताए । अबको विकल्प हुन सक्ने क्षमता राष्ट्रवादी शक्तिहरूमा मात्रै रहेको थापाले जिकिर गरेका छन्।

राप्रपा नेपाल आबद्ध पूर्वप्रहरी परिषद्को भेलालाई सम्बोधन गर्दै थापाले भने, ‘राष्ट्रवादी शक्तिहरूको एकता अहिलेको आवश्यकता हो ।’

त्यस्तो एकता कायम गर्न अब कति पनि ढिलो गर्नु नहुने भन्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचको एकता सकारात्मक रुपमा अघि बढिरहेको प्रष्ट पारे ।

‘हामीबीचमा कुनै विवाद बाँकी छैन । एकता हुन ढिलो भइरहेकोमा पार्टीका कार्यकर्ता सहयोगी र शुभचिन्तकमा चिन्ता देखिन्छ’, उनले भने, ‘ढिलो भएको छ। तर, म आशावादी छु, यो प्रकृया चाढै टुङ्गिन्छ ।’

उनले राष्ट्रवादी शक्तिहरू एक भएको अवस्थामा सबैभन्दा ठूलो शक्ति आफूहरू नै हुनेसमेत दाबी गरे । पछिल्लो घटनाक्रमबाट राजसंस्था र हिन्दू राष्ट्र स्थापना हुने सम्भावना बलियो भएको उनको धारणा थियो ।

पूर्वप्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दर्जनौँ पूर्वप्रहरीहरू राप्रपा नेपालमा आबद्ध भए ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : ०६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको