मतदान सुस्त भएपछि लाइनमा जानुअघि एमालेका प्रतिनिधिलाई दिन थालियो मतदाता शिक्षा « Khabarhub

मतदान सुस्त भएपछि लाइनमा जानुअघि एमालेका प्रतिनिधिलाई दिन थालियो मतदाता शिक्षा


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदान सुस्त भएपछि प्रतिनिधिहरू लाइनमा जानुअघि नै मतदाता शिक्षा थालिएको छ।

भृकुटीमण्डपमा जारी महाधिवेशनका क्रममा मतदान गर्न जानुअघि मतदातालाई मिडिया सेन्टर नजिकै तीनवटा नमुना विद्युतीय मेसिन राखेर मतदाता शिक्षा दिन थालिएको हो ।

बिहीबार मध्यान्हसम्म पनि मतदान सकिने सम्भावना कमजोर देखिएपछि निर्वाचन आयोगले मतदान शिक्षा दिन थालेको प्रेस चौतारी नेपालका उपाध्यक्ष चेतन अधिकारीले खबरहबलाई जानकारी दिए

‘मिडिया सेन्टर नजिकै तीनवटा मेसिन राखेर निर्वाचन आयोगले मतदाता शिक्षा दिन थालेको छ’, उनले भने, ‘लाइन लाग्नु अगाडि मतदाता शिक्षा दिन थालिएको छ। यसले अबका बाँकी मतदातालाई भोट हाल्न सहज बनाउने छ ।

उनका अनुसार ती तीनवटा मेसिनमार्फत महाधिवेशन प्रतिनिधिलाई आवश्यक प्राविधिक ज्ञानसँगै भोट हाल्ने तरिका पनि सिकाइएको छ ।

एमालेमा बितेका ८ घण्टामा ८०२ मत मात्रै खसेको छ। एमालेमा २२ सय ६३ जना मतदाता छन् । अब राति भएकाले चिसोका कारण दिउँसो भन्दा मतदान सुस्त हुने सम्भावना छ । त्यसले गर्दा एमालेको मतदान प्रक्रिया झनै ढिलो हुने अवस्था आएको छ। रातमा अझै ढिलो हुने देखिएपछि एमालेले मतदाता शिक्षा पनि अघि बढाएको हो ।

काठमाडौंको भृकु्टीमण्डपमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग भए पनि मतदाता अभ्यस्त नहुँदा र प्राविधिक केही कठिनाइका कारण मतदान सुस्त गतिमा भइरहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार, बिहान ९ बजेर १२ मिनेटमा सुरु भएको मतदान साँझ ५ बजेर २ मिनेटसम्ममा ८०२ मत खसेको छ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार २२६३ मतदाता छन् । तिनले ६२२ उम्मेदवारलाई भोट ३०१ केन्द्रीय सदस्य छान्नुपर्ने छ। उनले भने, ‘मतदान धैर्यतापूर्वक भइरहेको छ। कार्यकर्ताहरू उत्साहित छन् ।’

निर्वाचन अधिकृतहरूले मतदान कार्य राति नै सम्पन्न हुनसक्ने अनुमान गरे पनि त्यो सम्भावना कमजोर हुँदा मतदाता शिक्षा थालिएको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ६ : ०१ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले