मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस « Khabarhub

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि सामाजिक सञ्जालमा एक मिनेटको भिडियो शेयर गरेका छन्।

यस भिडियोमा उनको भारत यात्रका केही विशेष पल देखाइएका छन् । जसमा फ्यानसँगको भेटघाट, चार शहरहरूको झलक र विभिन्न स्थानका अनुभव छन् ।

तर, भिडियोमा धेरै राजनीतिक नेताहरू र बलिउड सेलिब्रिटीहरू देखिएका छैनन्। यसमा शाहरुख खान, अजय देवगन, टाइगर श्रफ, राहुल गान्धी, तेलङ्गाना राज्यका मुख्यमन्त्री ए. रेवन्त रेड्डी, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता जस्ता नामहरूको अनुहार समावेश छैनन्।

भिडियोमा मेसीको भेट सचिन तेन्दुलकर र करीना कपुरसँग देखाइएको छ। मेसीले क्याप्सनमा भारतका जनतालाई माया र तातो स्वागतका लागि धन्यवाद दिएका छन्।

उनले भनेका छन्, ‘भारतमा फुटबलको भविष्य उज्ज्वल हुने आशा गर्छु।’ मेसीले १३ डिसेम्बरमा कोलकाताबाट आफ्नो भ्रमण सुरु गरेका थिए । उनी त्यसपछि हैदराबाद, मुम्बई र दिल्ली पुगेका थिए।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : १२ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार