मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस « Khabarhub

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि सामाजिक सञ्जालमा एक मिनेटको भिडियो शेयर गरेका छन्।

यस भिडियोमा उनको भारत यात्रका केही विशेष पल देखाइएका छन् । जसमा फ्यानसँगको भेटघाट, चार शहरहरूको झलक र विभिन्न स्थानका अनुभव छन् ।

तर, भिडियोमा धेरै राजनीतिक नेताहरू र बलिउड सेलिब्रिटीहरू देखिएका छैनन्। यसमा शाहरुख खान, अजय देवगन, टाइगर श्रफ, राहुल गान्धी, तेलङ्गाना राज्यका मुख्यमन्त्री ए. रेवन्त रेड्डी, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता जस्ता नामहरूको अनुहार समावेश छैनन्।

भिडियोमा मेसीको भेट सचिन तेन्दुलकर र करीना कपुरसँग देखाइएको छ। मेसीले क्याप्सनमा भारतका जनतालाई माया र तातो स्वागतका लागि धन्यवाद दिएका छन्।

उनले भनेका छन्, ‘भारतमा फुटबलको भविष्य उज्ज्वल हुने आशा गर्छु।’ मेसीले १३ डिसेम्बरमा कोलकाताबाट आफ्नो भ्रमण सुरु गरेका थिए । उनी त्यसपछि हैदराबाद, मुम्बई र दिल्ली पुगेका थिए।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : १२ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, ६ चालक दलका सदस्यको मृत्यु

एजेन्सी– इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन