यस्ता छन् प्रगतिशील लोकतान्त्रिकको पहिलो बैठकका १५ निर्णय « Khabarhub

यस्ता छन् प्रगतिशील लोकतान्त्रिकको पहिलो बैठकका १५ निर्णय


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको पहिलो बैठकले देशको राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरूमा केन्द्रित हुँदै विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ ।

बैठकले फागुन २१ मा हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रूपमा सम्पन्न गर्न आवश्यक वातावरण निर्माण गर्न माग गरेको छ ।

विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्नु, देशभित्रका अन्य जिल्ला वा निर्वाचन क्षेत्रमा रहेर पनि आफ्नो मतदान केन्द्रमा मतदान गर्न सक्ने व्यवस्था गर्नु र १८ वर्ष उमेर पुगेकालाई उम्मेदवार बन्न सक्ने अधिकार सुनिश्चित गर्नुपर्ने बैठकले निर्णय गरेको छ।

निर्वाचन व्यवस्थापन तथा वार्ता संवाद समितिमा जनार्दन शर्मा, ओमबहादुर घर्ती, शेरबहादुर तामाङ, सीता गुरुङ र घनश्याम सिंह गुरुङ (जीपीएस) लाई चयन गरिएको छ।

यसैगरी, बैठकले लोकतन्त्रको आधारमा देखा परेको भ्रष्टाचार, नेतृत्व र दण्डहीनताको अन्त्य गर्न आगामी निर्वाचनबाट उम्मेदवारहरूलाई अस्वीकार गर्ने अधिकार (राइट टु रिजेक्ट) को तत्काल व्यवस्था गर्न माग गरेको छ । भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।

महिला हिंसा, दलित तथा जातीय आधारमा हुने भेदभावलाई मानवअधिकार विरोधी र दण्डनीय अपराध ठहर गर्दै यसविरुद्ध कडा कारबाही गर्न र राज्यबाट यस्ता घटना हुन नदिने सुनिश्चितता गर्न माग गरिएको छ । वर्षायाममा हुने पहिरो तथा बाढीबाट जोगाउन सरकारलाई पूर्व तयारी गर्न आग्रह गरिएको छ ।

युरोपेली देशहरूमा हजारौंको संख्यामा नेपाली कामदारहरूलाई तस्करी गरेर लगिएको र उनीहरूले दाससरह काम गर्नुपरेको समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस क्षेत्रमा रहेका नेपाली कामदारहरूलाई तत्काल उद्धार गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

सहकारी पीडित नागरिकहरूको पाँच लाखसम्मको बचत सरकारले क्षतिपूर्ति रूपमा तत्काल उपलब्ध गराउन र राजनीतिक संरक्षणमा रहेका सहकारी, मिटरब्याजी, लघुवित्तजस्ता ठगहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।

माओवादी र सरकारबीच भएको ऐतिहासिक सम्झौतालाई पार्टीले स्वागत गरेको छ भने दोस्रो संस्करणको नेपाली क्रिकेट प्रिमियर लिग (एनपीएल) को उपविजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिमलाई बधाई दिएको छ। सबै खेलाडीहरूको प्रगतिको कामना गर्दै आगामी विश्वकपमा नेपाली टिमलाई सफलताको शुभकामना व्यक्त गरेको छ ।

समग्र राजनीतिक पुनर्संरचना, सुशासन र समृद्धिसँग जोडिएका गम्भीर विषयहरू पूरा नभएको भन्दै विकल्पमा प्रगतिशील शक्तिहरूबीच सहकार्य, एकीकरण गरेर अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिइएको छ ।

बैठकले जुझारू, लोकतान्त्रिक, प्रगतिशील, समावेशी शक्तिहरूको अटुट एकीकरणसहित नयाँ राजनीतिक शक्ति निर्माण गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : २१ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका