जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने « Khabarhub

जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने

प्रतिवेदन लेखनका लागि मागियो थप समय


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

कामाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको विध्वंश र मानवीय हताहतिबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आगामी साता उच्च राजनीतिक नेतृत्वलाई बयान लिने भएका छ ।

जाँचबुझ आयोगको म्याद सकिन लागेको अवस्थामा आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर म्याद थपका लागि आग्रह गरेको छ ।

त्यसक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिन लागिएको बताएका छन् ।

आयोगले सुरक्षा निकायका प्रमुखहरुसँग पनि बयान लिइसकेकाले अब त्यसबेला सत्तामा रहेका राजनीतिक दलका नेताहरूसँग बयान लिने तयारी गरेको कार्कीले बताए ।

हालसम्म आयोगले गरेका कामबारे ब्रिफिङका क्रममा कार्कीले प्रशासनिक र सुरक्षा निकायतर्फका सबैको बयान सकिएको बताए । अब राजनीतिक तहका उच्च नेताहरूको बयान लिएर प्रतिवेदन लेखनमा केन्द्रित हुने उनले बताए ।

आगामी आइतबारदेखि राजनीतिक नेतालाई बयानका लागि बोलाउने तयारी भएको उनले जानकारी दिए । कार्कीले आयोगको नयाँ कार्यादेशअनुसार समय नपुग्ने भएकाले म्याद थप गर्नेबारे पनि कुरा गरेका छन् ।

ओली र लेखकसहितको बयान सक्दा आयोगको समयावधि सकिने भएकाले प्रतिवेदन लेखनलाई समय चाहिने कार्कीले बताए । जेन-जीसँगको सम्झौताअनुसारको क्षेत्राधिकारबारे थप काम गर्नुपर्ने भएकाले म्याद थप गर्न उनले प्रधानमन्त्रीलाई भनेका छन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : ३५ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको