सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए « Khabarhub

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली सेनाको सिफारिसअनुसार मन्त्रिपरिषद्को बैठकले तीनजना पृतनापतिसहित ६ उपरथीको सरुवा गरेको हो ।

अब पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना बुटवल र मध्य पृतना हेटौँडाका पृतनापतिका रुपमा नयाँ उपरथीलाई पठाइएको छ।

पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्की सैनिक मुख्यालयमा सरुवा भएका छन्। कार्कीले यसअघि १६ नं. र १८ नं. बाहिनीको कमाण्ड गरेका थिए।

उनी प्रधानसेनापतिको सचिवालय र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पनि काम गरिसकेका अधिकृत हुन् । सन्तोष बल्लभ पौडेल पश्चिम पृतनाबाट सरुवा हुँदा कार्कीले जिम्मेवारी पाएका हुन्।

पश्चिम पृतना पोखरामा उपरथी भोलानाथ थापालाई पठाइएको छ। थापा यसअघि निरीक्षणाधिकृत जंगी अड्डामा थिए।

मध्य पृतना हेटौँडाका पृतनापति हरेन्द्र पाठक प्रवन्ध रथी विभाग जंगी अड्डा पुगेका छन्। उनले यसअघि युनिटको कमाण्ड र अनुसन्धान तथा विकास निर्देशनालय, ४ नम्बर बाहिनी, आपूर्ति तथा यातायात निर्देशनालय र साइबर सुरक्षा निर्देशनालयमा निर्देशकका रूपमा काम गरेका छन् ।

पाठकको स्थानमा मध्यपृतनाको जिम्मेवारी उपरथी विष्णुकुमार खड्कालाई दिइएको छ। खड्का यसअघि जंगी अड्डाको अतिरिक्त समूहमा थिए।

मध्यपश्चिम पृतना बुटवलका पृतनापति प्रेमबहादुर पुन पनि सरुवा भएका छन्। उनलाई जंगी अड्डा सरुवा गरिएको छ । त्यहाँ उपरथी हिम्मतबहादुर विष्टलाई पठाइएको छ। विष्ट यसअघि स्टाफ कलेज शिवपुरीमा थिए।

नेपाली सेनाका ८ पृतनामध्ये बाँकी ५ वटाका पृतनापति यथावत् छन्। सुदूरपश्चिम पृतनामा उपरथी किरण केसी, उत्तरपश्चिम पृतनामा दीपेशजंग शाह, मध्यपूर्व पृतनामा कृष्णबहादुर जीसी, पूर्वी पृतनामा उपरथी गौरवकुमार केसी र उपत्यका पृतनामा रवीन्द्र खत्री छन्।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : ४५ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने