एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो « Khabarhub

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमल्सिनाको महाधिवेशन प्रतिनिधि कार्ड लुकाइएको खुलेको छ।

भृकुटीमण्डपमा जारी महाधिवेशनका लागि मतदान गर्न पुगेका तिमल्सिनाले प्रतिनिधि कार्ड नपाएपछि भोट हाल्न आवश्यक कुपनसमेत लिन सकेका छैनन्। उनको गृहजिल्ला पर्वतकै नेताले बुझेर उनको कार्ड लुकाइदिएको पाइएको एमाले स्रोतले जनाएको छ।

तिमल्सिना एमालेका कुल २ हजार २६३ महाधिवेशन प्रतिनिधिमध्ये मनोनीत कोटाबाट चयन भएका १०८ प्रतिनिधिमध्ये एक हुन्। मनोनीत प्रतिनिधिमध्ये एक जनाको कार्ड लुकाइएपछि उनी अन्योलमा परेका छन्।

पदाधिकारीमा आकांक्षी रहेका तिमल्सिनाले अध्यक्ष केपी शर्मा ओलीबाट टिकट नपाएपछि केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएका छैनन्।

प्रतिनिधि कार्ड नहुँदा मतदान प्रक्रियाबाट वञ्चित भएका तिमल्सिना हाल नयाँ प्रतिनिधि कार्डका लागि निर्वाचन आयोगमा गुहार लगाइरहेका छन्। घटनाबारे पार्टीभित्र आन्तरिक छानबिनको मागसमेत उठ्न थालेको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ८ : ४९ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका