एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो « Khabarhub

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमल्सिनाको महाधिवेशन प्रतिनिधि कार्ड लुकाइएको खुलेको छ।

भृकुटीमण्डपमा जारी महाधिवेशनका लागि मतदान गर्न पुगेका तिमल्सिनाले प्रतिनिधि कार्ड नपाएपछि भोट हाल्न आवश्यक कुपनसमेत लिन सकेका छैनन्। उनको गृहजिल्ला पर्वतकै नेताले बुझेर उनको कार्ड लुकाइदिएको पाइएको एमाले स्रोतले जनाएको छ।

तिमल्सिना एमालेका कुल २ हजार २६३ महाधिवेशन प्रतिनिधिमध्ये मनोनीत कोटाबाट चयन भएका १०८ प्रतिनिधिमध्ये एक हुन्। मनोनीत प्रतिनिधिमध्ये एक जनाको कार्ड लुकाइएपछि उनी अन्योलमा परेका छन्।

पदाधिकारीमा आकांक्षी रहेका तिमल्सिनाले अध्यक्ष केपी शर्मा ओलीबाट टिकट नपाएपछि केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएका छैनन्।

प्रतिनिधि कार्ड नहुँदा मतदान प्रक्रियाबाट वञ्चित भएका तिमल्सिना हाल नयाँ प्रतिनिधि कार्डका लागि निर्वाचन आयोगमा गुहार लगाइरहेका छन्। घटनाबारे पार्टीभित्र आन्तरिक छानबिनको मागसमेत उठ्न थालेको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ८ : ४९ बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको