भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार « Khabarhub

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी छ। बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान मध्यरातिसम्म पनि सकिएको छैन। एमालेका २२६३ प्रतिनिधिमध्ये आधाजतिले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ।

एमालेको अहिलेको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर केपी शर्मा ओली लगातार तेस्रोपटक पार्टी हाँक्ने तयारीमा छन्। उता अहिलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यसपटक ओलीलाई हराएर नेतृत्व आफूले नै गर्ने ध्याउन्नमा छन्।

त्यस्तै महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिडेका छन्। पोखरेल ओली प्यानलबाट र पाण्डे पोखरेलको प्यानलबाट उम्मेदवार बनेका हुन्।

मत माग्दा, चुनावी रणनीति अपनाउँदा एकअर्काविरुद्ध खरो उत्रिएका यी चारै नेता अहिले मतदान स्थल काठमाडौँको भृकुटीमण्डपमा सँगै गफिँदै बसिरहेका छन्। उनीहरू चार जनाको अहिलेको तस्बिर राखेर नेता कार्यकर्ताले लोकतान्त्रिक चरित्र देखाएको भन्दै प्रशंसा गरिरहेका छन्।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ११ : ४१ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको