पहलगाम आक्रमणमा संलग्नविरुद्ध अदालती कारवाही शुरु « Khabarhub

पहलगाम आक्रमणमा संलग्नविरुद्ध अदालती कारवाही शुरु


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारको प्रतिआतङ्कवाद निकायले पाकिस्तानमा आधारित अतिवादी समूहका छ जनाविरुद्ध मुद्दा दायर गरेको छ । गत अप्रिल महिनामा भारत प्रशासित कश्मीरको पहगाम क्षेत्रमा भएको आतङ्ककारी हमलाको घटनाका सन्दर्भमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

उक्त आक्रमणमा २६ जनाको ज्यान गएको थियो । भारतको प्रतिआतङ्कवाद निकाय एनआईएले जम्मु कश्मीरको अदालतमा पाकिस्तानमा आधारित अतिवादी समूह लस्कर ए तैएबा र यसको दस्ता द रेजिस्टेन्स फ्रन्टका लडाकुविरुद्ध मुद्दा दायर गरेको हो ।

गत जुलाई महिनामा भारतले सञ्चालन गरेको ‘अपरेशन महादेव’ नामक सैन्य कारवाहीमा मारिएका तीन जना लडाकुविरुद्ध मृत्युपरान्त मुद्दा दायर गरिएको छ । त्यसैगरी, हाल हिरासतमा रहेका अरु दुई जना र लडाकुलाई संयोजन गर्ने अर्का पाकिस्तानविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

समाचार संस्था रोटयर्सका अनुसार मुद्दामा पहलगाम आक्रमणको ‘योजना बनाएको, सहयोग गरेको र कार्यान्वयन गरेको’ अभियोग लगाइएको छ । अभियोजकहरुले १ हजार ५ सय ९७ पृष्ठ लामो अभियोजनपत्र जम्मु क्षेत्रको अदालतमा पेश गरेका छन् ।

आठ महिना लामो अनुसन्धानपछि अदालती प्रक्रिया शुरु गरिएको रोयटर्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १ : ३० बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना