काठमाडौं- सन् २०३० सम्म भारतमा हरित हाइड्रोजनको माग दोब्बरले वृद्धि हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ । नुभामा इन्स्टिच्युसनल इक्विटिजले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०३० सम्म भारतमा हरित हाइड्रोजनको माग दोब्बरले वृद्धि भइ १ करोड २० लाख टन प्रतिवर्ष पुग्नेछ ।
उक्त नुभामाले काउन्सिल अन इनर्जी, इन्भारोन्मेन्ट एण्ड वाटर नामक संस्थाको तथ्यांकका आधारमा यस्तो प्रतिवेदन जारी गरेको भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । समाचारमा जनाइएअनुसार सन् २०३० मा हुने कुल हरित हाइड्रोजन मागको ५१ प्रतिशत मलखाद क्षेत्रले ओगट्नेछ ।
त्यसबाहेक ३८ प्रतिशत प्रशोधन र ११ प्रतिशत पेट्रोकेमिकल्सले ओगट्नेछ । त्यसैगरी, स्टिल, लामो दूरीको पारवहन, जलपरिवहन र ऊर्जा उत्पादन जस्ता क्षेत्रले पनि हरित हाइड्रोजनको माग बढाउने अपेक्षा गरिएको छ ।
हरित हाइड्रोजनको मूल्यमा गिरावट आउने भएकाले यसको माग बढ्ने जनाइएको छ । हाल भारतमा हरित हाइड्रोजनको लागत ३.५ देखि ४ डलर प्रतिकेजीसम्म पर्छ ।
सन् २०३० सम्म यसको लागत १.६ डलर प्रतिकेजीसम्म लाग्ने जनाइएको छ ।













प्रतिक्रिया